• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

बीपी राजमार्गमा ठूला गाडी नगुडाउन सर्वोच्चको आदेश ।।

सर्बोच्च अदालतले बीपी राजमार्गको खुर्कोट–सिन्धुलीमाडी सडकखण्डमा ३२ सिटे र १६ टनका सवारीलाई रुट इजाजत दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले एकसाता अघि मात्रै प्राविधिकहरुको रिर्पोट लत्याउँदै यो सडकखण्डमा ३२ सिटे र १६ टनका सवारीलाई रुट इजाजत दिने निर्णय गरेका थिए ।

सर्बोच्चन्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई ओदश दिएको छ । ।

सरकारले नै गठन गरेको प्राविधिक समितिले दिएको प्रतिवेदनलाई लत्याउँदै मन्त्री महासेठले यातायात व्यवस्था विभागमा महानिर्देशक नभएको मौकामा थत जेठ १३ गते बीपी राजमार्गमा ३२ सिटे यात्रुबाहक र १६ टनसम्म मालबाहक सवारीलाई रुट इजाजत दिएका थिए । यस निर्णयविरुद्ध अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्बोच्चले यस्तो आदेश गरेको हो ।

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको