• ON AIRबदलिदो नेपाल
  • UP NEXTहजुरको समाचार

रामेछाप नगरपालिकाको रणनितीक योजना तयारी कार्यक्रम परिकल्पना सभा सम्पन्न ।।


रामेछाप नगरपालीकाको रणनितीक योजना तयारी परिकल्पना सभा आज सम्पन्न भएको छ । राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर जगदिश चन्द्र पोखरेलको प्रमुख आतथ्यता एवम रामेछाप नगरपालिकाका  प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतमा सम्पन्न छलफलमा रामेछाप नगरपालिकाले ५ बर्षे रणनितीक योजना बनाउदा समेट्नु पर्ने कुराहरु र नगर भित्रको सम्भावनाहरुको पहिचान गरी सम्वृद्ध रामेछाप नग्रपालिका निर्माण गर्न आवश्यक तयारीको विषयमा छलफल गरिएको छ । छलफलबाट प्राप्त सुभाव अनुसार नगरपालिकाले पन्च वर्षे रणनितिक योजना तयार गर्नेछ ।  रामेछाप नगरपालिकाकाको आयोजना र चार घरेसेवा समिती र दिव्य दृष्टि प्रालि दोलखाको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर जगदिश चन्द्र पोखरेलले रामेछाप नगरपालिकामा धेरै सम्भावनाहरुको खानि भएको तर स्रोत व्यवस्थापन गर्न नसक्दा रामेछाप नगरपालिका विकासको दृष्टिकोणले पछाडि परेको बताउनुभयो । साथै उहाँले अब बन्ने योजना सहितको नगर प्रोफाइलले रामेछाप नगरपालिका एउटा समृद्ध नगरपालिका बन्ने विश्वास व्यक्त गर्नभयो । कार्यक्रमममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको समस्या र आवश्यकताहरु  उस्तै भएको र अब रामेछाप नगरपालिकाले तयार गरेको नगर प्रोफाइल अनुसार सहकार्य गरी आफनो नगर प्रोफाइल तयार गर्ने बताउनुभयो । यस्तै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले छलफलबाट प्राप्त समस्या र नगरको सम्भावना पहिचान भएको र अबका दिनमा रामेछाप नगरपालिका पनि अबको केहि बर्षमा सम्वृद्ध नगरपालिका बन्ने बताउनुभयो ।    रामेछाप नगरपालिका  रामेछाप नगर विकासका लागि ५ वर्षिय आवद्यिक योजना सहितको  नगर प्रोफायल तयार गर्न रामेछाप नगरपालिकाले  चारघरे सेवा समितीसँग सहकार्य गरि १९ लाख ९५ हजारमा चारघरे  सेवा समितीले ५ महिनाको समयमा नगर प्रोफाइल तयार गर्नेछ । नगर प्रोफाइल तयार गर्नको लागि चार  घरे सेवा समितीले  रामेछाप नगरपालिकाको प्रत्येक वडाहरुमा आफनो २ जना गणकहरु परिचालन गरिसकेको छ । यसरी प्रत्येक वडाहरुमा खटिएका गणकहरुलले घरधुरी,जनसंख्या,सामाजिक संघसंस्था, प्राकतिक स्रोत ,स्रोत नक्साङकन,नगरको नक्सा,आर्थिक,शैक्षिक,लगायत मानव विकाससँग सम्बन्धित हरेक तथ्याङहरु संकलन गर्नेछन । यसरी गणकहरुले नगरवासिको सम्पुर्ण तथ्याङक संकलन गरिसकेपछि नगरवासिको आवश्यकता हेरी पन्च  वर्षे योजना बनाइने छ   । कार्यक्रममा रामेछाप नगरपालिकाकी  उपप्रमुख सृजना खड्का, रामेछाप नगरपालिका अन्तर्गतका ९ वटै  वडाका  वडाअध्यक्ष , नगरकार्यपालिका सदस्यहरु, रामेछाप जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी  कार्यालयका प्रमुख एवम प्रतिनिधि , विभिन्न राजनितीक दलका प्रमुख एवम प्रतिनिधी ,विभिन्न सरकारी तथा गैर  सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधी ,पत्रकार्र,लगायत  स्थानियहरुको सहभागिता रहेको थियो  ।

प्रतिकृया दिनुहोस

राष्टिय सम्पदा सुचिमा सुचिकृत केवलेश्वर मन्दिर ओझेलमा ।।

रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक स्थल केवलेश्वर मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ । रामेछाप जिल्लाको धार्मिक स्थलको रुपमा परिचित धेरै वर्ष

रेबिजको महामारीको आशंका गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा सहयोगको याचना 

आफ्नै घरमा पालेको कुकुरका कारण महामारी फैलन सक्ने आशंका गर्दै रामेछाप नगरपालिका वडा नं ७ का उद्धब कुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय

रामेछापको ठोसेमा दाउराले हानेर भाइले गरे दाइको हत्या । 

घरायसी झैझगडामा दाउराले हानेर भाइले दाइको हत्या गरेका छन् ।  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी