• ON AIRबदलिदो नेपाल
  • UP NEXTहजुरको समाचार

आर्थिक वर्ष २०७५ र ७६ का लागि रामेछाप जिल्लाको लागि २ अर्ब ४८ करोड रकम  विनियोजन ।। 


आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको बताउनुभयो । यो बजेट चालु वर्षको भन्दा ३७ अर्बले बढी हो। सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका  लागि ८ खर्ब ३१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ५३ अर्ब अन्तर्रा्ष्ट्रिय ऋण र ५८ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ। सरकारले १ सय ७२ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ। आर्थिक बर्ष २०७५÷०७६ को लागि रामेछाप जिल्लाको ८ स्थानीय तहको लागि २ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । मन्थली नगरपालिकाको लागि ८८ करोड, रामेछाप नगरपालिकाको लागि ५० करोड, उमाकुण्ड गाउँपालिकाको लागि २२ करोड, खाँडादेवी गाउँपालिकाको लागि ३३ करोड, गोकुलगंगा गाउँपालिकाको लागि २५ करोड, दोरम्बा गाउँपालिकाको लागि २५ करोड, लिखु तामाकोसी गाउँपालिकाको लागि २८ करोड र सुनापती गाउँपालिकाको लागि २४ करोड रुपैयाँ विनियोजन गरेको हो ।
 

प्रतिकृया दिनुहोस

सिन्धुलीमा  १ अर्वभन्दा  बढी रकम फ्रिज ।। 

आर्थिक वर्ष २०७४÷०७५ मा सिन्धुलीमा   १ भन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी १ अर्व ३  करोड  ५४ लाख ३१ हजार  ३ सय ९४

सिन्धुलीमा राजश्व संकलनमा वृद्धि ।।

सिन्धुलीमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा २५ करोड ८५ लाख ५७ हजार ७ सय

रामेछापमा राजश्व संकलनमा वृद्धि ।।

रामेछापमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा ११ करोड ६० लाख ८४ हजार ७ सय