• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नाई फाइनलमा

वानखेडे मैदानमा १४० रनको विजय लक्ष्य चेन्नाईले १० ओभर बलमा विकेट गुमाएर भेटायो चेन्नाईको जितमा फाफ डु प्लेसीले सबैभन्दा धेरै ६७ रन बनाए उनले यस सिजनमा आफ्नो पहिलो अर्धशतक बनाए ओपनर डुप्लेसीले ब्याट्समानसँग साझेदारी गरे  उनी प्लेयर अफ दि म्याच भए

यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा विकेटको क्षतिमा १३९ रन बनाएको थियो कार्लोस ब्रेथवेटले ४३ रन बनाए बलिङतर्फ ड्वेन ब्राभोले दुई विकेट लिए

शून्य रनमै गुम्यो चेन्नाइको पहिलो विकेट

चेन्नाईको पहिलो विकेट शून्य रनमै झरेको थियो भुवनेश्वर कुमारले शेन वाटसनलाई शून्य रनमा आउट गरिदिए

यसैगरी सिद्धार्थ कौलले लगातार दुई बलमा सुरेश रैना अम्बाती रायडुलाई बोल्ड गरे

चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको सनराइजर्स हैदरावादलाई विकेटले हराउँदै चेन्नाई फाइनलमा पुगेको हो

चेन्नाई आईपीएलको फाइनलमा पुगेको यो सातौं पटक हो हैदरावादको भने जारी सिजनमा लगातार चौथो हार हो

चेन्नाईको तीन विकेट . ओभरमा २४ रन बनाउँदा नै गुम्यो त्यसपछि राशिद खानले महेन्द्रसिंह धोनी ड्वेन ब्राभोलाई पनि आउट गरे सन्दिप शर्माले रविन्द्र जडेजालाई रनमा दीपक चाहरलाई १० रनमा पेभेलियनको बाटो देखाइदिए

खाता खोल्न नपाइ धवन बोल्ड

पहिले व्याटिङ गरेको हैदरावादको शुरुआत खराब थियो दीपक चाहरले म्याचको पहिलो बलमै शिखर धवनलाई शून्य रनमा बोल्ड गरे विलियम्सनले पहिलो ओभरमा चाहरकै बलमा तीन चौका प्रहार गरेका थिए त्यसपछि . ओभरसम्म ३६ रनमा हैदरावादले तीन विकेट गुमायो

चाहरपछि लुंगी एंगिडीले श्रीवत्स गोस्वामीलाई १२ रनमा आउट गरे शार्दुल ठाकुरले केन विलियम्सन २४ रनमा आउट भए मनिष पाण्डेय रनमा रविन्द्र जडेजाको शिकार बने ड्वेन ब्राभोले आफ्नो पहिलो ओभरमै शाकिब अल हसनलाई १२ रनमा आउट गरे

चेन्नाईले टिममा विलिंग्सको ठाउँमा शेन वाटसनलाई खेलाएको थियो हैदरावादले भने टिममा कुनै परिवर्तन गरेको थिएन चेन्नाई नवौं पटकसम्म प्लेअफमा पुगेको महेन्द्र सिंह धोनी प्लेअफसम्म टिमको नेतृत्व गर्ने एकमात्र कप्तानसमेत हुन्

 

प्रतिकृया दिनुहोस

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

ओख्रनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न ।। 

वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता कार्यक्रम रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा सम्पन्न भएको छ ।वडा नं ६ ओख्रेनीको आयोजनामा पुर्व

जिल्लाकै सर्वा्धिक राशीको प्रथम रामेछाप कप जित्यो नन्दबक्स गणले ।। 

रामेछाप जिल्लाकै सर्वा्धिक राशीको फुटबल प्रतियोगिता प्रथम रामेछाप कप २०७५ को उपाधी नन्दबक्स गण रामेछापले जितेको छ । सोमबार भएको निक्कै