• ON AIRमिलिजुली नेपाली
  • UP NEXTबदलिदो नेपाल

फेसबुक संस्थापकले मागे यूरोपेली सांसदसँग माफी

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् क्याम्ब्रिज एनालिटिका प्रकरण फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन्

क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै करोड फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको

युरोपेली सांसदका प्रश्नको जवाफ दिन जुकरबर्ग उपस्थित भएका थिए उनले फेसबुकका टुल्सलाई हानी पुर्‍याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए

उनको भनाइबाट युरोपेली संसदको सबै सदस्यहरु सन्तुष्ट नभएको बीबीसीले जनाएको केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले दिएका छैनन्

ब्रिटेनको संसदको डिजिटल कल्चर मिडिया खेल समितिका प्रमुख डेमियन कोलिन्सले भने, प्रश्न सोध्ने फर्म्याट नै यस्तो थियो कि जुकरबर्गले आफूखुसी जवाफ दिने मौका पाए , उनले हरेक जिज्ञासाको जवाफ दिएनन्

यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसदमा सवाल जवाफ गरिएको थियो तर, यूरोपेली सांसदहरुसँगको सवाल जवाफको तरिका भने अमेरिकी संसदको भन्दा फरक थियो

सबै सांसदहरुले एउटा प्रश्न सोधिसकेपछि जुकरबर्गले ति सबै प्रश्नहरुको एकमुष्ट जवाफ दिएका थिए जुकरबर्गलाई ७५ मिनेटसम्म सांसदहरु सामु राखिएको थियो तर उनले सबै जिज्ञासाहरुको जवाफ नदिएको बीबीसीले जनाएको

 

प्रतिकृया दिनुहोस

परमाणु निःशस्त्रीकरण गर्ने अमेरिकी आशा

   अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आगामी साढे २ वर्षभित्रै उत्तरकोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने आशा व्यक्त गरेका छन्

जुवाडे पतिको कर्तुत : जुवामा हारेपछि सुम्पिदिए पत्नी

भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ । एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा

आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक