• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

नगरस्तरीय महिला सञ्जाल व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न


रामेछापको रामेछाप नगरपालिका वडा नं ५ मानेडाँडामा नगरस्तरीय महिला सञ्जाल गठन व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।रामेछाप नगरपालिकाको सहयोग,समाजसेवा जागृत महिला बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा यही जेठ ५ गतेदेखि ७ गतेसम्म तालिम सञ्चालन भएको समाजसेवा जागृत महिला बचत तथा ऋण सहकारी सस्थाकी व्यवस्थापक अपना श्रेष्ठले जानकारी दिनुभएको छ ।सहकारीकी उपाध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षततामा र रामेछाप नगरपालिका नगरप्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।तालिममा रामेछाप नगरपालिका भित्र रहेको ९ वटा वडामा गठन भएको प्रत्येक नगर सञ्जाल महिला समुहबाट २ जना गरी १८ जनाको सहभागीता रहेको थियो । तालिममा नगर सञ्जाल समितिको काम र जिम्मेवारी र स्थानीय तहमार्फत आएको महिला लक्षित वजेटको खोजीनीति र व्यवस्थापनको बारेमा छलफल भएको श्रेष्ठले बताउनुभयो । यसैगरी सोही दिन अर्थात जेठ ५ गते देखि नै भइरहेको रामेछाप नगरपालिकाको प्रत्येक वडाको महिला वडा सदस्यहरुको तालिम भने भोलिसम्म चल्नेछ ।
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २