• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

रामेछाप लामा टोलमा नवनिर्मित निमा धावा गुम्बा उद्धघाटन ।।


रामेछाप नगरपालिका वडा नम्बर ८ लामा टोलमा नवनिर्मित निमा धावा गुम्बाको आज उद्धाटन गरिएको छ । निमा धावा गुम्बाकी अध्यक्ष शर्मिला घिसिङको अध्यक्षता र परम पुज्यनिय टुल्कु ल्होसाङ नाम्ग्याल रिन्पोछे ज्युको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच गुम्बाको उद्धाघाटन गरिएको हो  । लामा टोलका स्थानियबाट संकलित ७ लाख , साविकको रामेछाप गा.वि.सको ७५ हजार ,पुर्व सांसद आङटावा शेर्पाको सांसद विकास कोषको ४ लाख , नेपाली कांगे्रस रामेछापका नेता एवम समाजसेवि पुर्ण बहादुर तामाङ कान्छारामको तर्फबाट ३ लाख ५० हजार बाराबरको गौतमबुद्धको मुर्ति लगायत विभिन्न सहयोगि संस्थाको सहयोगमा करिब १८ लाख ६९ हजार २ सय ९० रुपैयामा गुम्बा निर्माण गरिएको रामेछाप नगरपालिका वडा नम्बर ८ का कार्यवहाक वडाअध्यक्ष एवम वडा सदस्य सन्तोष तामाङले जानकारी दिनुभयो ।  लामा टोलमा निर्मित गुम्बाले  पर्यटकिय आकर्षण बढाउने र तामाङ जातिको संस्कृति संरक्षणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने वडा सदस्य तामाङले बताउनुभयो । गुम्बा उद्धघाटन  कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर , वडा नम्बर ८ का वडाअध्यक्ष केदार कार्की ,  नेपाली कांगे्रस रामेछापका नेता एवम समाजसेवि पुर्ण बहादुर तामाङ कान्छाराम ,नेपालि कांग्रेस रामेछापका जिल्ला सभापति लवश्रि न्यौपाने, नेपाल कम्युनिष्ट पार्टि रामेछाप नगरका प्रतिनिधि रोसन पाख्रिन , जिल्ला प्रहरी कार्यलय रामेछापका  असई तेज बहादुर खरेल ,सन्चारकर्मी लगायत विभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधी र लामा टोलका स्थानियहरुको सहभागिता रहेको थियो ।           

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २