• ON AIRमिलिजुली नेपाली
  • UP NEXTबदलिदो नेपाल

‘लभ क्याफे’ को कथा ‘रोजी’ मा चोरिएको हो ?

शनिवार फिल्मीखबर डटकममा प्रकाशित 'रोजी महर्जनको हत्या प्रकरणसँग कनेक्सन प्रदीपकोरोजी’ ?' शिर्षकको समाचारले सिनेवृतमा ठूलै तरंग ल्याएको यो समाचारपश्चात् स्क्रिप्ट राईटर तथा निर्देशक शिवम् अधिकारी तनाबमा देखिएका छन्  

 उनले निर्देशन गर्न लागेको तथा उनकै कथा रहेको फिल्म 'लभ क्याफे' २०६८ सालमा आफ्नै प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले रोजी महर्जनको हत्या गरेको विषयमा आधारित फिल्मको नाम चलचित्र विकास बोर्डमा समेत दर्ता भइसकेको  

 'लभ क्याफे' को कथा केही महिना पहिला निर्देशक अधिकारीले फिल्मरोजीका निर्देशक निरक पौडेललाई सुनाएका थिए उक्त स्टोरीमा गोपीकृष्ण मुभिज फिल्म निर्माण गर्ने इच्छुक देखिएको थियो पछि विभिन्न कारणले अधिकारी पौडेलबीच टिमअप हुन नसकेपछि 'लभ क्याफे' कै कथामारोजीनिर्माण हुन लागेको खबर बाहिरिएको  

फिल्मीखबर डटकमसँगको कुराकानीमा निर्देशक अधिकारी भन्छन्, 'मैले 'लभ क्याफे' पूरा स्क्रिप्ट निर्देशक निरक पौडेललाई सुनाएको थिएँ पछि हामीबीच कम्यूनिकेसन ग्याप भयो मैले उहाँहरुको स्क्रिप्ट सुन्न पाएको छैन तर 'लभ क्याफे' को कथा 'रोजी' मा दुरुस्तै भन्ने सुनेको छु यदी सत्य हो भने कपीराइटको मुद्धा हाल्छु '

 उता निर्देशक निरक पौडेल शिवम् अधिकारीको 'लभ क्याफे' को स्क्रिप्टसँगरोजीको '' पनि नमिल्ने दावी गर्छन् उनी भन्छन्, 'हो मैले शिवम् को स्क्रिप्ट सुनेको हुँ तर, उहाँको स्क्रिप्टसँगरोजीको '' पनि मिल्दैन उनी रोजी महर्जनको हत्या प्रकरणसँग फिल्मको छेउ-पुच्छर केही नमिल्ने बताउँछन्  

 उनले थपे, 'रोजी महर्जनको हत्या प्रकरणसँग फिल्मको कहानी मिल्दैन महर्जनको विषयमा स्क्रिप्ट लेखिरहेका राईटरहरुलाई समेत मैले सुटिङमा बोलाएर छलफल गरेको थिएँ उहाँहरुलेरोजीको कथा रोजी महर्जनको जीवनसँग नमिल्ने बताउनुभएको

 निरकले निर्देशन गर्ने  ‘रोजीमा युवा स्टार प्रदीप खड्का लिड रोलमा छन् उनको जोडीको रुपमा अभिनेत्री परमिता आरएल राणा देखिँदैछिन् कर्मा शाक्य, मिरुना मगरलगातका कलाकारहरुको पनि यसमा अभिनय  यसको कथा केदार भुषालले लेखेका हुन्  

 

प्रतिकृया दिनुहोस

पूजाले पछ्याउने लिस्टमा प्रियंकादेखि अनमोलसम्म

अभिनेत्री पूजा शर्मा 'प्रेमगीत' रिलिज अगाडिसम्म दर्शकमाझ खासै परिचित थिइनन् । तर, यो फिल्मले उनको करिअर हाक्ने गाडीको रुट नै परिवर्तन गर्‍यो ।

योद्धा बनिन् सनी लियोनी

सनी लियोनीको साउथ इन्डियन फिल्म वीरमादेवीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सनी आफैंले यो आफ्नो भेरिफाइड ट्विटर ह्यान्डलबाट शेयर गरेकी छिन् ।

फ्लोरमा ‘छक्का पञ्जा ३’, हुनेछन् पुष्प खड्का पनि

दीपाश्री निरौलाको तेस्रो निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा ३’ शुक्रबारदेखि फ्लोरमा गएको छ । शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक