• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्षमा अधिकारी

नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्षमा बासुदेव अधिकारी निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिबेशनमा अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो ।नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा कमला नेपाली, विनीता काफ्ले, सचिव युवराज सापकोटा, कोषाध्यक्ष अमृता श्रेष्ठ, सहसचिव रञ्जु काफ्ले र सदस्यहरु श्रीकृष्ण थापा, दिपक माझि, सुजाता थापा, मञ्जु श्रेष्ठ रहेका छन् ।नवगठित कार्यसमितिका अध्यक्ष बासुदेव अधिकारीले संघको पहिलो बैठकले प्रदेशका लागि प्रतिनिधी र जिल्ला कार्यसमितिमा केहि सदस्य मनोनित गर्ने निर्णय भएको जानकारी दिए । उनले रामेछापको स्वास्थ्यमा गुणस्तर र कर्मचारीको हकहितको क्षेत्रमा सक्रिय हुने  र जिल्ला भित्रका सबै स्वास्थ्यकर्मीलाई एकताबद्ध बनाएर जिल्लाको हितमा हुने कार्यक्रम संचालन गर्ने बताए ।
 

प्रतिकृया दिनुहोस

दशैँ आयो अब कस्तो मासु कसरी खाने त ?  

दसैँ र मासु एक–अर्कासँग परिपूरक मानिएका विषय हुन् । त्यसैले अधिकांशका घरमा दसैँका लागि मासु अनिवार्य परिकार बनाएको हुन्छ । दसैंका वेला घरमा अरू पनि

पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइयो । 

किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने मुल नाराका साथ पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइएको छ । रामेछाप

खाना खाने गलत शैली, उमेर नपुग्दै बुढ्यौली

    जवाफ, ‘उमेरमै जवानी गुजि्रएला कि भन्ने कुराले ।’ अर्थात उमेर नपुग्दै पाको, बुढो भइएला भन्ने डर । तपाईंलाई पक्कै थाहा छ, उमेरले मात्र मान्छे