तपाईको वस्तीमा योजना तर्जुमाको काम शुरु भायो थाहा छ ,तपाईपनि योजना छनोटमा सहभागी भएर के के योजना माग गर्नुहुन्छ ?

इश्वरी दाहाल खड्का रामेछाप
हामीलाई योजना छनोटको बारेमा केही थाहा छैन ।योजना माग गर्ने त भनेको के के योजना माग गर्नुपर्छ अनि कतिसम्म माग्ने कहाँ गएर माग्ने भन्ने केही थाहा छैन कसरी माग्नु ।हामीलाई यसरी योजना छनोट हुदैछ यतिगतेदेखि हुदैछ भनेर स्थानीय तहले पनि केही जानकारी दिएको छैन ।
 सानुभाई श्रेष्ठ लिखुतामाकोशी गाउँपालिका वडा नं ५
 हिजो गा वि स हुदा त नागरिक वडामञ्चमार्फत हामीले आफ्नो ठाउँको लागि योजना माग गरेकै हो ।अहिले चाहिँ कहिले देखि हुन्छ थाहा छैन ।भयो भने खानेपानी,सड्कको समस्या छ,विजुलीको हामी त्यसैमा योजना माग गर्छाै ।
 नेत्र ब वि क लिखु ५
 खासै जानकारी नभए पनि हाम्रो साथीहरु पनि जनप्रतिनिधि छन अनि गाउँपालिकाले यो बेला देखि यसरी योजना छनोट गर्दैछ भनेर निर्णय गरेको देखाएको थियो मोवाइलमा ल्याएको रहेछ ।तर स्थानीय तह स्वयम्ले चाहिँ यसबारेमा केही जानकारी दिएको छैन ।
 लक्ष्मी मगर लिखुतामाकोशी गाउँपालिका ५
  हामीले महिला लक्षित कार्यक्रमहरु जनचेतना जगाउने,शिक्षा कृषि सम्बन्धी योजना माग गर्नै योजना बनाएका छौ तर यी योजना छनोट कहिले हुदैछ थाहा चाहि छैन गाउँपालिकाले पनि केही जानकारी दिएको छैन ।

 

प्रतिकृया दिनुहोस

हाम्रो रामेछापको चिनारी ।

  प्राण भन्दा प्यारो ,, हाम्रो रामेछाप जिल्ला । ईतिहासले भन्छ अाज,,तिनलालकाे किल्ला । स्वच्छ हावा स्वच्छ पानी ,,हाम्रो रामेछापको । जुनार धेरै

अधुरो सपना

निष्ठुरीले सिकार खेल्याैँ,,जाेडी छुटाई दियाैँ । सँगै बस्ने रहरहरु,,सबै टुटाई दियाैँ । तिमी बस खाना खाेजी,,ल्याउछु भनी गयाे । खाना लिई रमाई अाउदा लास

फुलसँग रमाउदा ।

मरुभूमि भएपनि तिम्रो,,काम हाे फुल फुल्ने । सुन्दर फुल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने । स्वार्थ नै छ संसारमा,,राम्रो फुल देख्नै हुन्न । मर्म के छ