• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

महिला समानताका लागि पुरुषको सहभागीता बढ्दै ।।  


सिन्धुपाल्चोकको ठूलोसिरुवारीका नमुना बराल खाना पकाउनुहुन्छ । श्रीमान नेत्र तरकारी काट्नुहुन्छ । एकजना भाँडा माझ्दा अर्को सरसफाईमा व्यस्त देखिनुहुन्छ । घर बाहिरको काम पनि त्यसैगरि भागबण्डा हुन्छ । श्रीमानको सहयोग नमूनाका लागि अधिकार प्राप्त भएको दिनको खुसीयाली झै लाग्छ । नेत्रचाहिँ महिला पुरुषबीचको सहकार्यका रुपमा लिनुहुन्छ । घरभित्र होस् या बाहिर महिला पुरुषबीचको सहकार्य बढ्न थालेको छ । विहेपछि पनि बुहारीको पढाईको चिन्ता, जग्गा जमिनको स्वामित्वमा महिलाको अग्रता, बराबरी ज्याला, राजनीतिक सहभागितामा महत्वपूर्ण पदमा नै समान सहभागिताको ग्यारेन्टी गर्नु महिलामैत्री व्यवहार र व्यवस्थाका उदाहरण हुन् । अधिकारकर्मी तथा पत्रकार कपिल काफ्ले महिलाको पक्षबाट पुरुष नै उभिने सँस्कृति नै विकास हुन थालेको दावी गर्नुहुन्छ ।  संविधान अनुसार कुनै पनि पुरुषले महिलालाई कुनै पनि प्रकारको भेदभाव गर्न पाउँदैनन् ।  अधिवक्ता सरोज गिरीका अनुसार संविधानमा व्यवस्था भएको मौलिक हकको हनन् भए अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ । व्यवस्था, नीति नियमले महिला र पुरुषलाई समान मानेको छ । छोरीलाई पनि छोरा जस्तै अंशको व्यवस्था गरेको छ । नीति अनुसार व्यवहारमा पनि परिवर्तन देखिदैछ । लैङगीक समानताका लागि एक व्यक्तिले कार्यतालिकामा ल्याउनुपर्ने सानातिना परिवर्तनले पारिवारिक, सामाजिक र राष्ट्रिय हिसाबमै ठूलो योगदान गर्ने उदाहरणहरुले पुष्टि गरेका छन् । महिलाले भोगिरहेको समस्याका लागि कहीं न कहीं पुरुषको भूमिका छ । लैङगिक समानताको प्रश्न महिलासँग जोडिन्छ । महिलालाई त्यसको जिम्मेवारी दिइन्छ । तर इतिहासको त्यस अध्यायलाई सच्याउन महिला समानताका लागि पुरुष सहभागिता बढ्न थालेको छ ।
 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको