• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

रक्तचापको समस्या बढ्दै ।। 


आज विश्व उच्च रक्तचाप दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ । पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको डाक्टरहरु बताउँछन् ।विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको डाक्टरहरुको भनाइ छ । २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । उक्त सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । हालसालै सिंहदरवारका कर्मचारीको रक्त चाप मापन गर्दा ७० प्रतिशत मानिसमा उच्च रक्त चाप भएको देखिएको थियो । डाक्टरहरुका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो । 
 

प्रतिकृया दिनुहोस

पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइयो । 

किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने मुल नाराका साथ पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइएको छ । रामेछाप

खाना खाने गलत शैली, उमेर नपुग्दै बुढ्यौली

    जवाफ, ‘उमेरमै जवानी गुजि्रएला कि भन्ने कुराले ।’ अर्थात उमेर नपुग्दै पाको, बुढो भइएला भन्ने डर । तपाईंलाई पक्कै थाहा छ, उमेरले मात्र मान्छे

ख्याल गर्नुभएको छ ? तपाईका यी आनीबानीले मेरुदण्डमा खराब असर पर्दैछ

  हरेक कुराको मूल आधारलाई हामी ‘मेरुदण्ड’ भन्छौं । यसबाट बुझिन्छ, मेरुदण्डको महत्व कति छ । मेरुदण्ड नहुँदो हो त हाम्रो शरीर सग्लो रहँदैन । हिँड्न,