• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ।।


नेकपा एमालेले २५ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक संयुक्त रुपमा मदन आश्रित स्मृति दिवस मनाउन लागेका हुन् ।  एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा एमालेले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गर्दैछ ।मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आयोजना गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरुसमेत सहभागी भएका छन् । बिहानै एमालेको पुरानो कार्यालय बल्खुमा पुगेर तस्बिरमा माल्यार्णपण गरिएको छ । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमालेले गर्ने कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी भएका हुन् । २०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो ।जीपका चालक अमर लामा जिवित रहे पनि नेताहरुको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।
 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको