एमाले र माओवादी पार्टी एकता आज, संयोजन समितिको बैठक बस्दै ।।


नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकता हुने भएको छ । दुई दलका अध्यक्षसहित आज एकता संयोजन समितिले एकता प्रक्रियामा सहमति गरेपछि बेलुका एकता घोषणा गरिनेछ । बेलुका ५ बजे संयुक्त पत्रकार सम्मेलन गरि एकताको घोषणा गरिनेछ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज बिहानदेखि संयुक्त कार्यक्रममा सहभागि हुने र बेलुका संयुक्त पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरिने  जानकारी गराउनुभयो । एकताको विषयमा दुईजना अध्यक्षले गर्नुभएको सहमतिलाई दुई दलको बैठकले अनुमोदन गरिसकेको छ । आज  बिहान १० बजे एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको निर्णय अनुमोदन गरिने शर्मालेजानकारी दिनुभयो । निर्वाचन आयोगमा दल दर्ताका लागि आजै निवेदन दिइनेछ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने सहमति भएको छ । चुनाव चिन्ह सूर्य नै राखिएको छ ।एकता संयोजन समितिले पार्टीको विधान तथा राजनीतिक प्रतिवेदन तयार गर्न एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजकत्वमा गठन भएको दुई कार्यदलले चैत २० गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय कमिटी र ४३ सदस्यीय स्थायी कमिटी रहनेछ । ४४१ मध्ये २४१ एमालेबाट र दुई सय जना केन्द्रका तर्फबाट रहने मोटामोटी सहमति बनेको छ । त्यस्तै ४३ जना स्थायी कमिटीमा २५ जना एमालेको तर्फबाट रहने र १८ जना केन्द्रका तर्फबाट रहने सहमति दुई अध्यक्षबीच बनेको छ ।
 

प्रतिकृया दिनुहोस

नेकपाकेन्द्रीय समितिले आज पूर्णतापाउने  ।।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिले आज पूर्णतापाउने भएको छ । हिजो नै पूर्णतापाउने बताएपनितत्कालीनमाओवादी केन्द्रमा रहेका

पार्टि एकताको खुशियालिमा रामेछाप बजारमा पनि दिपावली ।।

नेकपा एमाले र माओवादी केन्द्रबिच भएको पार्टि एकताको स्वागत गर्दै पार्टि एकताको खुशियालीमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप

मोहन वैद्य भन्छन् : माओवादी एमालेमा विलय भयो

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको टिप्पणी गरेका छन् । प्रदेश १ स्तरीय युवा प्रशिक्षण