• ON AIRहजुरको समाचार
  • UP NEXTप्रश्न

मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज 

सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रुपमा लगाउँदै आएको अतिरिक्त शुल्क  खारेज गर्न पहल थालेको

श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत बताएको मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन्

 

मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ

तर, यसबाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनुपर्छ भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको

त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ

दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए-नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप हजार सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको

झण्डै पाँच वर्षअघिदेखि मलेसियन सरकारकै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन्

तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको

 

प्रतिकृया दिनुहोस

रामेछापका सबै पत्रकारद्वारा खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बहिष्कार

रामेछापको खाँडादेवी गाउँपालिका (आज) बुधबार हुने सार्वजनिक सुनूवाई कार्यक्रम जिल्लाका सबै सञ्चार माध्यमहरुले बहिष्कार गर्ने भएका छन्

बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप ।। 

लामो समयसम्म पनि बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप लागेको छ  । जिल्ला कारागार

रामेछापमा रुखमा झुन्डिएर युवकले गरे आत्महत्या ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ लामाटोलमा एक युवकले रुखमा झन्डिएर आत्महत्या गरेका छन । सोमबार राति रामेछाप नगरपालिका वडा नम्बर ८