• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

श्री बाल मन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवन उद्धघाटन ।।


जेठ २ गते । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा रहेको श्रि बाल मन्दिर आधारभुत विद्यालयको नवनिर्मित २ कोठे भवन आज एक कार्यक्रको बिच उद्धघाटन गरिएको छ । जिल्ला अयोजना  कार्यन्वयन इकाइ रामेछापको आर्थिक सहयोग र विद्यालय व्यवस्थापन समितीको समन्वयमा २१ लाख ५७ हजार ९ सय रुपैयामा निर्माण भएको दुइकोठे भवनको आज उद्धघाटन गरिएको हो । रामेछाप नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष केदार कार्कीको प्रमुख आथ्यिता , जिल्ला आयोजना कार्यन्वयन इकाइ रामेछापका प्रमुख हेमन्त बुढाथोकि  , जिल्ला शिक्षा विकास समन्वय इकाइ रामेछापका प्रमुख दिनानाथ गौतम र विद्याललय व्यवस्थापन समितीका अध्यक्ष धन बहादुर हायुको सभापतित्वमा भएको कार्यक्रममा भवन निर्माण गर्दा भएको खर्चको आय व्यय विवरण विद्यालयका सहायक प्रधानाध्यापक शंकरलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।  प्रस्तुत आय व्यय विवरण अनुसार २ कोठे भवन निर्माण गर्न २१ लाख ५७ हजार ९ सय रुपैया लागेको र   जिल्ला आयोजना कार्यन्वयन इकाइबाट १६ लाख निकासा भइसकेको र बाँकि रकमको लागि पनि विल भर्पाइ पेश गरिसकिएको सहायक प्र.अ श्रेष्ठले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी एवम रामेछाप नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष केदार कार्कीले  यस वर्ष आफनो वडाले शिक्षामा बजेट नछुटाएको र अगामी वर्ष शिक्षामा पर्याप्त बजेट छुट्टाउने बताउनुभयो । जिल्ला आयोजना कार्यन्वयन इकाइ रामेछापका प्रमुख हेमन्त कुमार बुढाथोकिले विद्यालयमा निर्माण भएको भवनको प्रशंसा गर्दै अबका वर्षहरुमा पनि विद्यालयको आवश्यकतालाई हेरेर फेरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख दिनानाथ गौतमले जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रलाई विशेष महत्वका साथ अगाडि राखेर पर्याप्त बजेट शिक्षा क्षेत्रमा लगानि गर्न  आग्रह गनुभयो ।  विद्यालय व्यववस्थापन समितीका अध्यक्ष धन बहादुर हायुले विद्यालय भवन निर्माणमा  सहयोग पुराउने संस्था ,शिक्षक ,विद्यार्थि ,अभिभावकलाई धन्यवाद दिँदै विद्यालयलाई अझै भवनको खाँचो रहेको र कहि कक्षाहरु पुरानै  जोखिमपुर्ण  भवनमा सन्चाल गर्नुपरेको अवस्थामा अगामी दिनहरुमा पनि सहयोगी हातहरुको खाँचो  रहेको बताउनुभयो । कार्यक्रमको अवसरमा भवन निर्माणमा सहयोग पुराउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।  विद्यालयको पा्रङगणमा भएको कार्यक्रममा गौरीशंकर स्रोत केन्द्रका स्रोत व्यक्ति माधव सुवेदि ,शिक्षक,विद्यार्थि ,अभिभावक ,सन्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको