header

पुष्पलालाको जन्मभुमी भंगेरीको यात्रा ।

हिजो पुष्पलालाको जन्मभुमी भंगेरीको यात्रामा थिए । लगभग आधा घन्टा हिडेपछि पुष्पलालको जन्मभुमी भंगेरीको त्यो ठाउमा पुगे जाहा झाडीको एउटा कुनामा दुईओटा स–सना ढुगाँ देखिे तेहि हो रे पुष्पलालको मुर्ती । हेर्दा देखिन्थ्यो यो संरक्षण बिहिन भएर बसिरहेछ । संरक्षणको खाचो छ । महान हस्ती पुष्पलालले पुकारीरहेछ । मलाई संरक्षण देउ । त्यसपछि मनले नानाथरीका कुरा साच्न थाल्यो । की किन होला रामेछापको चिनारी र देशको माहान हस्ती पुष्पलालको संरक्षण नभएको किन होलो बर्षमा एक दिन उनलाई सम्झने फुर्सोद मिलेको ? यस्तै यस्तै । यदि साच्चै मनले मानेको भए एक दिन कुरामा मात्र सिमीत किन ? किन संरक्षण खोजीरहेछ त्यो जन्मभुमीमा फ्याकिएको ढुङ्गाले ? यस्तै कुरा मनभरी खेलाउदै त्याबाट फर्किए । फर्किदै गर्दा बाटोमा झट्ट हेर्दा ७० –८० बर्ष जतिका देखिने एकजना बाबा भेटे उहाको नाम शंकर बाहादुर श्रेष्ठ रहेछ । त्यसपछि एकैछिन एउटा चिया पसलमा गई चियाको चुस्की संगै कुराकानी गर्यौ ईतिहासको । बाबाले कुराको सुरुवात गरे ईतिहासको सिलोकबाट ......नेपाली हाल सुन्नुहोस साथि,ए ध्यान दिएर ।राणको राज्य हटाई छाड्यौ हामीले मिलेर ।।भारतबार फिराई ल्यायो श्री ५ सरकार , नेपाल भन्ने ईज्जत राख्यौ सबैले लडेर ।। अनी मैले कुरा भिकै तपाईले पुष्पलाललाई देख्नु भाथ्यो ? अनि ति बाले एकछिन अर्केर भने म १२ ,१३ बर्षको हुदोहो उनिहरुलाई फाँसी दिने बेला । उहाको बारेमा तपाईलाई कतिको था छ भनेर फेरी सोधे । उहाले हास्दै भन्नु भयो, उहाहरु राम्रा थिए , जरीले दिएका कोट लगाउथे । अनि मैले मनमनै सोचे जरि भन्ने ठुलो मान्छे रहेछ , अनि तिनिहरुले दिएको कोटलाई अहिले पनि समाजमा जरिकोट भन्दारैछन् । अनी मैले हत्तन पत्त सोधिहाले उहाको जन्मभुरी भंगेरीत नाममात्रैको पो रहेछ त ? उहाले लामो सास फेर्दै भने सबैजनाले मुख ताक्दा ताक्दै आज सहिदको सम्मान नभएको । किन मेरो भनाई किनकी राजनीतिक दलहरु उसले गर्छकी , उसले गर्छकी भन्दै भन्दै हानाथाप गरेर एउटा ढुङ्गाकोनी संरक्षण नभएको रे । त्यसपछि बा ले अलि हतार गर्दै बजार म जाम भन्नु हो , हस् हुन्छ मैले भने । बिस्तारै चियाको पैसा तिरे म आफ्नो बाटो लाग्दै थिए । बाटो माथि सेतै कपाल फुलेका गाला चाउरी परेका तर पनि हसीलो मुहार भएका आमा देखे अनि उहासंग कुरा गर्न यो मनले भन्यो । म आमाकोमा गए । उहाले भित्र बोलाउनु भयो एउटा सानो एक कोठे जस्ताको छानो भएको भएको घर । भर्खर लिपेको होला भई पनि चिसै म आमाकै छेउमा टुसुक्क बसे । अनी कुरा गर्न गाले आमा सन्चै हुनुहुन्छ ? बाचियो बा भुईचालोले उहाले हास्दै भन्नु भयो । अनि मैले सोधिहाले आमा हजुरको नाम केहो कति बर्ष हुनुभयो । उहाले भन्नु भयो नाम बिललक्ष्मी म ९० सालको भुईचालोमा जन्मेको अनि कुरा काट्दै बिललक्ष्मी पछि आमा हजुरको थर ? उहाले भन्नु भो था छैन । कुरानीकै क्रममा बोलेको पनि प्रस्ट बुझिदैन थियो , बोल्न पनि गाह्रो गरेर भन्नु भयो । एक्लै बस्छु बेलुका भात पकायो भने २ दिनलाई पुगी हाल्छ ? मलाई यति भए पुगीहाल्छ । यसो घरमा हेरे कुनामा एउटा खाट, ३ ओटा ढुङ्गा ठड्याएको चुलो एउटा थोत्रो पानीको गाग्रो , तेस्तै तेस्तै । म पुष्पलालको बारेमा जान्न हिडेको तर आमाले आफ्नो काहानीमै मलाई भुलाई दिनु भयो । उहाको एक छोरी र एक छोरा अरे छोरा खसेकोरे एउटा छोरी टाढा पुगेका छन् रे । अनि श्रीमान मैले भने उहाले बुझ्नु भएन फेरी बुढा अनि बुझ्नु भएछ क्यारे भन्नु भयो उहा बित्नु भैसक्यो । पोईजन परेर मनमा चुस्स छोयो । आमासंगै अझै कुरा गरे बृदाभक्ता बापतको पैसाले रासन पानी ल्याउछिन रे । अनि पहिला पहिलाको दुखको कुरा सुनाउनु भयो ? मेरो पनि मन भकानिएर आईसकेको थियो । उहाको दुख सुन्दा तैपनि मैले कुरा मोडे हाम्रा सहिद पुष्पलालको बारेमा जान्नुहुन्छ ? उहाले अह भन्नु भयो त्यसपछि म आमासंग बिदा मागे उहा हास्दै फेरी फेरी आउनु है भन्दै हुनुहुन्थ्यो मैलेपनि हुन्छ भने र त्याहाबाट निस्के म पुष्पलालको जन्मभुमी हेर्न भनेर हिडेको तर यि र यस्तै कुराहरु भेटे अनि पुष्पलालको त कुरै छाडै अनि फर्किएर फेरी आफ्नो दैनिकी तिर लागे । 
रामहरि श्रेष्ठ , रामेछाप
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...