header

दोरम्बा गाउँपालिका भित्र आर्थिक अनियमितता नभएको गाउँपालिका अध्यक्ष मोक्तानको भनाई ।।

 
वैशाख ४ गते रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाले गाउँपालिकाभित्र कुनै पनि प्रकारको आर्थिक अनियमितता नभएको बताएको छ । स्थानीय तह अन्तर्गत दोरम्बा गाउँपालिकामा आर्थिक अनियमिता भएको भन्दै प्रकाशित भएको समाचारप्रति गम्भीर ध्नाकर्षण भएको बताउदै गाउँ कार्यपालिकाको बैठकले आपत्ति जनाएको छ । गाउँपालिकाभित्र सञ्चालन भइरहेको सबै विकास निर्माण पारदर्शी ढंगबाट अगाडि बढेको बताउदै गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले साविकको गाविसको आर्थिक अनियमिततालाई जोडेर गाउँपालिकालाई बदनाम गर्ने खेल भएको बताउनुभयो । गाउँपालिकाको यस आर्थिक बर्षको लेखा परीक्षण नै नभएको अवस्थामा आर्थिक अनिमितता भन्ने प्रसंग नै नआउने बताउदै अध्यक्ष मोक्तानले भ्रमको पछि नलाग्न पनि दोरम्बा गाउँपालिकावासीसँग आग्रह गर्नुभएको छ  । दोरम्बा गाउँपालिकाको नाम जोडेर नागरिक दैनिकका प्रकाशित ‘स्थानीय तहमा अरबै अनियमितता’ शीर्षकमा दोरम्बा गाउँपालिकाको जनप्रतिनिधिहरुको चरित्र हत्या गर्ने काम भएको ठहर गरेको छ । जनप्रतिनिधिहरुलाई बदनाम गर्ने उदेश्य तथा संघीयता विरोधी भाव झल्किने प्रकारको गलत समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै गाउँपालिकाले प्रेश विज्ञप्ती जारी गरेको  दोरम्बाबाट हाम्रो स्थानिय संम्बाददाता सिंहराज योन्जनले जानकारी दिनुभएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...