header

रामेछाप आगलागीबाट एक घर जलेर नष्ट

 
वैशाख ३ । रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रामेछाप नगरपालिका वडा नं ७ मुगानमा मलको भकारीमा रहेको कमिलो जलाउन खोज्दा बाबुराम हायुको घरमा आगलागी भएको  जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आगलागीबाट हायुको खरको छानो भएको १ तल्ले घर,गाईको बाच्छो,अन्नपात,लत्ताकपडा जलेर नष्ट हुदाँ ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र कुमार थापाले जानकारी दिनुभएको छ ।आगो स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...