header

आज देशभर विभिन्न कार्यक्रम गरी सुरक्षित मातृत्व दिवस मनाइदै ।।

 
वैशाख ३ । ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ भन्ने नाराका साथ आज देशभर विभिन्न कार्यक्रम गरी सुरक्षित मातृत्व दिवस मनाइदै छ ।दिवसको अवसरमा स्वास्थ्य महाशाखाले आज त्रि.वि. शिक्षण अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्तामा विशेष समारोहको आयोजना गर्दैछ । यस्तै साँझ पाँच बजे माइतिघर मण्डलामा गर्भवती भएकै कारण ज्यान गुमाएका महिलाहरुको संझनामा दिप प्रज्वलन कार्यक्रमो आयोजना गरिएको छ । विश्व स्वास्थ्य संगठनको २०१६ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको छ । नेपालमा मातृ मृत्युदर उच्च रहेकाले मातृ मृत्युदरलाई कम गराउन सरकारले हरेक वर्ष सुरक्षित मातृत्व दिवसको रुपमा जनचेतनामुलक कार्यक्रम गर्ने गरेको छ । सरकारले सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत गर्भवती महिलाले ४ पटक स्वास्थ्य परिक्षण गराउँनुपर्ने, स्वास्थ्यसंस्थामा नै सुत्केरी गराउनुपर्ने कार्यक्रम लागु गरिएको परिवार स्वास्थ्य महाशाखाकी डा.पुण्या पौडेलले जानकारी दिइन् ।नेपालका ४१ प्रतिशत महिलाहरु अझैपनि घरमै सुत्केरी गराउँने गरेका छन् ।सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले स्वास्थ्यसंस्थामा सुत्केरी गराउँने महिलालाई हिमाली जिल्लामा १५ सय, पहाडी जिल्लामा एक हजार र तराइका जिल्लाहरुमा पाँच सय रुपैंया भत्ता र गर्व अवस्थामा चार पटक स्वास्थ्य जाँच गराएबापत चार सय पनि दिने गरको छ । नेपालको भौगोलिक विकटता,ग्रामिण क्षेत्रमा शिक्षा र जनचेतनाको कमी र आर्थिक अभावका कारण महिलाहरु अझैपनि असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेको डा. पौडेलको भनाइ छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...