header

आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी ।।

 
वैशाख ३ । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी ।वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।आज सोमवारे औँशी पनि परेकाले विहानै उठेर नबोली स्नान गर्ने परम्परा पनि छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ ।आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।यस दिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट मातातीर्थमा मेला लाग्ने गर्दछ । आज बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुईंचो छ ।आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन् । आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा पनी वर्णित छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...