header

रामेछाप उमाकुण्डमा सनराईज बैंकको शाखा विस्तार ।।

 
चैत्र २९ रामेछाप । सनराइज बैंकले रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा नयाँ शाखा बिस्तार गरेको छ । सरकारले एउटा स्थानिय तहमा एउटा बैक अनिवार्य हुनुपर्ने मापदण्ड लागु गरेपछि रामेछापको उमाकुण्ड गाउपालिकामा सनराइ बैकको स्थापना गरिएको  सनराइज  बैंकका अध्यक्ष मोतीलाल दुगडले बताउनुभएको छ ।  आज उमाकुण्ड गाउपालिकामा एक कार्यक्रम आयोजना गरी  रामेछाप प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठ , सांसद जर्नादनशर्मा र सनराइज  बैंकका अध्यक्ष दुगडले संयुक्त रुपमा बैकको साखा उद्धघाटन गर्नुभएको हो ।  हाल सनराइज बैंकले देशभर आफ्नो ८० वटा शाखा, ९४ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिकएंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्गकार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल समेत सञ्चालन गरिरहेको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...