header

रामेछापमा सहकारी अभिलेख हस्तारण गोष्ठी सुरु ।।

 
चैत्र २९ रामेछाप  । रामेछाप जिल्लाभर रहेका सहकारी संघ संस्थाहरुको अभिलेख हस्तान्तरण सम्बन्धि स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण गोष्ठी विहिवार मन्थलीमा सुरु भएको छ । आआफ्नो स्थानीय तहमा रहेका सहकारी संस्थाहरुको हस्तान्तरण गर्नुका साथै स्थानीय तहको भूमिका सहकारीहरुको दर्ता, नविकरण, अनुगमन नियमन जस्ता विषयहरुमा जानकारी गराउने उद्देश्यले डिभिजन सहकारी कार्यालय चरिकोट, दोलखाले अभिमुखीकरणको आयोजना गरेको हो । सहकारी विभागका रजिष्टार केशब प्रसाद रेग्मीको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा संचालन भएको सहकारी संघ संस्थाहरुको अभिलेख हस्तान्तरण तथा अभिमुखीकरण गोष्ठीमा देशका ३८ वटै डिभिजनहरु खारेज हुन लागेको जानकारी गराउँदै बैशाख मसान्तभित्र सबै सहकारीहरु हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत रामेछापमा रहेका ५१५ वटा सहकारीहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको आयोजकले जानकारी गराएका थिए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि प्रेमबहादुर खड्काले नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई आआफ्नो स्थानीय तहमा रहेका सहकारी संस्थाहरुको हस्तान्तरण गर्नु भएको थियो । अभिलेख हस्तान्तरण तथा अभिमुखीकरण गोष्ठीमा रामेछाप जिल्लाका आठवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगाएत सहकारीका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुको सहभागीता रहेको छ । गोष्ठीलाई सहकारी विभागका रजिष्टार केशब प्रसाद रेग्मी, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र काठमाण्डौका प्राचार्य भरत आचार्य र  डिभिजन सहकारी कार्यालय चरिकोट, दोलखाका सहकारी अधिकृत टोपलाल अर्यालले सहजीकरण गरिरहनु भएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...