header

जनपरिषद नेपाल रामेछापद्धारा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष र वडा अध्यक्षहरुलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह ।।

 
चैत्र २९, रामेछाप । जनपरिषद नेपाल रामेछापले जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष र वडा अध्यक्षहरुलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गर्दै पत्र लेखेको छ । स्थानीय तहको निर्वाचनपछि देशको सीमा अतिक्रमण, भ्रष्टाचार, कमिसन, दलाली लगायतका गतिविधिहरु बढिरहेको र जनप्रतिनिधि कुर्सीको लागि लुछाचुडी गरिरहेको उल्लेख गर्दै तत्काल पदबाट राजीनामा दिन पत्र मार्फत आग्रह गरेको छ । जननिर्वा्चित प्रतिनिधिले कम्जोर आयश्रोत भएका सोझा सिधा जनतालाई विभिन्न बाहनामा करको भार थोपरेर लुट्न खोजेको र भ्रष्टाचार व्यापक रुपमा मौलाउँदै गएको जनपरिषदको आरोप छ । तोकिएको समय सीमाभित्र राजीनामा नदिए राष्ट्र, जनता र जनसत्ता विरोधीको रुपमा जनकारबाही गर्ने जिल्ला जनपरिषद् नेपाल रामेछापका प्रमुख तुफान द्धारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ । तोकिएको समयमा राजीनामा नदिए तत्काल कारबाही गरिने पनि पत्रमा उल्लेख छ । पत्रमा यही चैत्र २८ गतेको मिति उल्लेख छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...