header

ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्षमाथि आक्रमण ।।

 
चैत्र २८ । ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको छ । मंगलबार राति १० बजे अपरिचित समूहबाट अध्यक्ष पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको हो । घाइते अध्यक्षको मंगलबार राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराइएको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिनुभयो ।  गाउँपालिका कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि कुटपीट गरेको अध्यक्ष पौडेलले बताउनुभयो । ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही नागरिक दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ’ अध्यक्ष पौडेलले टेलिफोनमा भन्नुभयो–‘ढोकाबाट बाहिर निस्कनासाथ ममाथि आक्रमण भयो ।’ पौडेललाई गाउँपालिकाको वडा नम्बर – ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेर घाइते बनाएका हुन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले प्राथमिक उपचारपछि बिहीबार मात्रै थप उपचारका लागि काठमाडौं जाने उहाँले बताउनुभयो । आक्रमणबाट घाइते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छी औंलाको नङ सहितको भाग फुटेको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...