चैत्र २७ । रामेछाप नगरपालिकका आज खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएको छ । ९ वटा वडाहरु रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ र ९ खुल्ला दिशा मुक्त वडा भएसँगै समग्र रामेछाप नगरपालिका नै खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षता र जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधी , पत्रकार , विभिन्न राजनितीक दलका प्रमुख एवम प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिती रामेछापका प्रमुख खड्काले नगरवासिहरुलाई अब खुल्ला ठाउँमा दिशा ,पिसाब नगर्न सपथ खुवाउनुभएको थियो । साथै नगरवासिहरुले पनि अबका दिनहरुमा खुल्ला ठाउँमा दिशा नगर्ने वाचा गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन । खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा सहयोग पुराउने स्वयमसेविका , विभिन्न संघसंस्था र व्यक्तिहरुलाई प्रशंसा पत्र सहित मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रकाश कटुवाल , एलिना रायमाझि लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेका थियो । केहि समय ढिलो गरी सुरुवात भएको कार्यक्रममा पानी परेपछि कार्यक्रम नै प्रभावित भएको थियो ।