header

रामेछापका जिल्ला वन अधिकृतलाई सेवाग्राहीले कार्यकक्षमै थुने ।।

 
चैत्र २७ । सेवाग्राहीले रामेछापका जिल्ला वन अधिकृतलाई कार्यकक्षमै थुनदिएका छन् । सेवाग्राहीसँग खयर जातको गोलिया काठ वाह्य जिल्लामा लैजाने अनुमति दिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा मगंलबार दिउँसो सेवाग्राहीले थुनिदिएका छन् । जिल्ला वन कार्यालयले व्यक्तिका कान्लाका काठहरु काट्नको लागि हिमाली कच्चा उद्योग हाँसखोसा इटहरीलाई २०६८ सालमा खयर जातको काठ काट्ने अनुमति दिएको थियो । काठ काट्ने अनुमति पाएपछि हिमाली कच्चा उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नं १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवासलगायतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेको थियो । सेवाग्राहीले उनको कार्यकक्षमा ताल्चा लगाइदिएपछि वन अधिकृत राम विचारी ठाकुर डाँको छाडेर रोएका थिए । अधिकृत रोएको आवाज कार्यकक्ष बाहिर नै सुनिएको थियो । वन अधिकृतलाई ताल्चा लगाउने समयमा सेवाग्राहीले सञ्चारकर्मीलाई समेत बोलाएका थिए । पछि जिल्ला वन अधिकृतसँग सञ्चारकर्मी जानकारी लिन खोज्दा वन अधिकृत ठाकुरले कुनै प्रतिक्रिया दिन चाहेनन् । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...