header

रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न ।।

 
चैत्र २६ रामेछाप । रामेछाप नगरपालिकाद्धारा चालु आ.व २०७४÷०७५ को दोस्रो चौमासिक अवधिमा संचालित कार्यक्रमहरु तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाइ सोमवार भालुखोपमा सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको आयोजनामा संचालन गरिएको सार्वजनिक सुनुवाईमा रामेछाप नगरपालिकाका मेयर नर बहादुर थापामगरले चालु आ.व २०७४÷०७५ को आठ महिनामा भए गरेका विकास निर्माण,सार्वजनिक सेवा प्रवाह लगाएतका विषयहरुमा नागरिकहरुलाई जानकारी गराउनु भएको थियो । नागरिकहरुले राखेका जिज्ञासाहरुमा रामेछाप नगरपालिकाकी उपमेयर सृजना खड्का, रामेछाप नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्का,नगरपालिकाका इन्जिनीयर कुशुम भट्टराई, वडा नं ६ का वडा अध्यक्ष धन बहादुर खड्काले उत्तर दिनु भएको थियो ।  रामेछाप नगरपालिकाको काम कारबाही, सेवा प्रबाह,योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्वन्धित सेवा प्रदायक र सेवाग्राही बीच अन्तरक्रिया गराउँदै जनप्रतिनिधिहरु तथा सम्बन्धित कर्मचारीहरुलाई जवाफदेही बनाउने र सेवाग्राहीहरुको गुनासो तथा जिज्ञासाहरुको बारेमा हाकाहाकी प्रश्नोत्तर गराउने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नागरिकहरुले सक्षम र संबृद्ध नगरपालिका बनाउन सुझाव दिएका थिए । सान नेपाल रामेछापका अध्यक्ष उमङ्ग मैनालीले सहजीकरण गर्नु भएको उक्त सार्वजनिक सुनुवाईको अन्त्यमा नगर प्रहरी भर्ना गर्ने, नगरपालिकामा सूचना अधिकारी र प्रबक्ता यथाशीघ्र ब्यवस्थापन गर्ने, नगरभित्रका सार्वजनिक जग्गा अतिक्रमण रोक्न कानून बनाई लागू गर्ने सहितका ३ बुँदे सार्वजनिक प्रतिबद्धताहरु भएका थिए । प्रतिबद्धता पत्रमा रामेछाप नगरपालिकाका मेयर नर बहादुर थापामगर लगाएत सरोकारबालाहरुले हस्ताक्षर गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नेकपा एमाले नगर कमिटी रामेछापका सचिव रोशन पाख्रिन, नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका सदस्य लालबहादुर तामाङ र माओवादी केन्द्र नगर कमिटी रामेछापका संयोजक मोतिलाल तामाङले विकासका कार्यक्रम संचालन गर्दा सहभागीता बृद्धि गर्दै सरकारी र गैर सरकारी सँस्थाहरुबीचको साझेदारीमा संचालन गर्न अनुरोध गर्नु भएको थियो । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...