header

ओखलढंगा रानिवनमा आमा समुहको विकृति विरुद्धको अभियान सुरु ।।

 
चैत्र २५ । ओखलढंगा जिल्लाको चम्पादेवि गाउँपालिकाको वडा नम्बर १० रानिवनमा स्थानिय कालिकादेवि  स्वास्थ्य आमा समुहको आयोजनामा एक दिने मदिरा नियन्त्रण तथा घरदैलो अभियान आज सम्पन्न भएको छ । कालिकादेवि  स्वास्थ्य आमा समुहको नेतृत्वमा मदिरा नियन्त्रण सम्बन्धि जनचेतना मुलक सन्देशका साथ घरदैलो अभियान गरिएको छ । अभियानमा मदिरा उत्पादन विक्रि वितरण र सेवन  गरेको पाइएमा पहिलो पटक ५ सय , दोश्रो पटक १ हजार र तेस्रो  पटकसम्म पनि उत्पादन विक्रि वितरण र सेवन  गरेको पाइएमा वडा कार्यलयबाट प्रदान गरिने सम्पुर्ण सेवासुविधाहरु वन्चित गर्न  सिफारीस गर्ने र  आमा समुहबाट नै वन्चित गरिने निर्णय गरिएको संस्थाकि अध्यक्ष सितादेवि ढंगेलले जानकारी दिनुभएको छ ।   साथै आमा समुहले रानिवनको गाउँघर सरसफाइ अभियान , रानिवालाई सिसा र प्लास्टिक मुक्त गाउँ बनाउने अभियान , घरेलु हिंसा नियन्त्रण अभियान पनि आजैदेखि  सुरु गरेको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...