header

प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो छ तीनदिने भ्रमणको तालिका

 
 चैत २३ – प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणको लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाल वायु सेवा निगमको विमानबाट उहाँ ९ बजे दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवनमा जाने कार्यक्रम छ । राष्ट्रपति भवनमा केहीबेर आराम गरेपछि उहाँले भारतीय उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय व्यवसायीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली बेलुकी नेपाली दूतावासले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुहुनेछ । रात्रीभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कुटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ ।  भारतीय समकक्षी मोदी र ओलीबीच भोलिमात्र औपचारिक भेटवार्ता हुनेछ । भोलि बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नुहुनेछ । त्यसपछि भारतीय सेनाले ओलीलाई ‘गार्ड अफ अनर’ दिएपछि प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ । भेटपछि ओली राजघाटान महात्मा गान्धीको समाधिस्थलमा पुगेर दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हैदरावाद हाउसमा सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुनेछ । दुवै नेताले दिल्लीबाटै वीरगन्जमा रहेको एकीकृत चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हैदरावाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुनेछ । प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ भने भारतीय नेताहरूले पनि भोलि नै भेट गर्नेछन् । दिल्ली भ्रमणको अन्तिम दिन आइतबार बिहान उत्तराखण्ड गएपछि प्रधानमन्त्री ओली बेलुकी स्वदेश फर्कने कार्यक्रम छ । 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...