header
ताजा खाबर :

गोलन्जोर मा ३ दिन दखि फैलिएको आगो नियन्त्रण आउन सकेन ।।

 
२०७४ फल्गुन २५ ,, हजुरको रेडियो रामेछाप ।। 
सिन्धुलीको गोलन्जोर गाउँपालिका  ६ मा ३ दिन पहिलाबाट फैलिएको आगो नियन्त्रण बाहिर गएको छ । फाल्गुन २२ गतेबाट गोलन्जोर ६ छेत्पाको जङ्गलबाट फैलिएको आगो नियन्त्रणमा नआएको हो । स्थानियबासी र  ईलाका प्रहरी कार्यालय खुर्काेटले संयुक्त प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन नसकेको गोलन्जोर  ६ का वडा अध्यक्ष पुर्षाेतम श्रेष्ठले जानकारी दिनु भयो ।   आफुहरुको प्रयासमा आगो नियन्त्रणमा नआए पछि आफुहरुले गोलन्जोर गाउ पालीका र जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई जानकारी दिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । आफुहरुले माथिल्लो निकायलाई जानकारी दिएपछि नेपाली सेना पनि आगो फैलिएको स्थानमा आएको नियन्त्रण गरि फर्के पनि आगो पुन फैलिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । नेपाली सेना आएर आगो नियन्त्रणमा लिएर फर्कियो तर आगो हावा चलेपछि पुन र्फै्लियो । अध्यक्ष श्रेष्ठको भनाई छ । आगो छेत्पा,हैवार र आरुबोटको जङगल क्षेत्रमा फैलिएको छ ।  आगो नियन्त्रणमा आउन नसक्दा गोलन्जोर ६ को छेत्पा गाउ,धुसुनि गाउ र झगरपुर गाउँ जोखिममा पर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । आगो नियन्त्रणमा आउन नसके पछि सो क्षेत्रका स्थानियबासी चिन्तीत बनेका छन ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...