header
ताजा खाबर :

आज १०८ औं अन्तराष्ट्रिय महिला दिवस, रामेछापमा पनि मनाइयो ।।

 
आज मार्च ८, १०८ औं अन्तराष्ट्रियमहिला दिवस । विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको हो ।  अन्तराष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि यो दिवस मनाउने गरिन्छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तराष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे ।जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो ।त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग यो दिवस मनाउने गरेका छन् ।  यस्तै आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामिण तथा  शहरी महिलाहरुको जिवनस्तर रुपान्तरण भन्ने मुल नाराका साथ १०८ औ अन्तराष्टिय महिला दिवश रामेछापमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । रामेछाप नगरपालिका , श्रि समाजसेवा जागृति महिला समुह र आर .बि.पि डब्लु रामेछापको   आयोजनामा रामेछाप बजारमा बिहिबार  विभिन्न कार्यक्रमहरु भएको छ ।  रामेछाप नगरपालिका ८ को मानेडाँडाबाट र्यालि सुरु भई रामेछाप माथिल्लो बजार खुल्ला मन्चमा पुगेर फर्किएपछि श्रि समाजसेवा जागृति महिला समुहको प्राङगणमा पुगेर कोण सभामा परिणत भई विभिन्न सांस्कृतिक कार्यक्रमहरु भएको हो  । महिला तथा बालबालिका कार्यलय रामेछापकी प्रमुख सत्यादेवि अधिकारीको प्रमुख आतिथ्यता एवम रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काको सभापतित्वमा कार्यक्रम  सम्पन्न भएको हो । अन्तराष्टिय  महिला दिवशको अवसरमा जिल्ला अस्पताल रामेछापमा रहेका बिरामीहरुलाइ  फलफुल वितरण पनि गरिएको छ । यस्तै मन्थली नगरपालिका र महिला तथा बालबालिका कार्यलयको आयोजनामा आज वि.पी चोकबाट र्यालि सुरु भई जिल्ला समन्वय समिती कार्यलय प्राङगणमा पुगि विभिन्न कार्यक्रहरु सम्पन्न भएको  छ ।  रामेछापका विभिन्न गाउँपालिकाको विभिन्न वडाहरुमा पनि  कार्यक्रम सम्पन्न भएको  गाउँपालिकाहरुबाट जानकारी प्राप्त भएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...