header
ताजा खाबर :

रामेछापमा सवारी भाडा नघट्दा यात्रुहरु मारमा ।।

 
राजन महतारा क्षेत्री ,हजुरको रेडियो रामेछाप ।।
रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारबाट मन्थली जाने यात्रुहरु सवारी भाडा नघट्दा मारमा परेका छन । रामेछाप बजारबाट १४ किलोमिटर दुरीमा पर्ने सदरमुकाम सम्मको सडक पिच भइसक्दा पनि भाडा नघट्दा स्थानियहरु आक्रोषित बनेका हुन । सडक पिच हुनुभन्दा अगाडि जति भाडा थियो,  अहिले सडक पिच भइसक्दा पनि त्यति नै भाडा तिरेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष समिर कार्कीले गुनासो गनुभयो । रामेछाप बजारबाट मन्थलीका लागि हिमाल तराइ यातायातको बस सेवा  सन्चालनमा छ । जसले मन्थलीसम्मको भाडा १०० रुपैया लिँदै आएको छ ।  यस्तै निशान भगवती यातायात , नौलो सुपर सिटि यातायात,सिटि भिलेज यातायात लगाएत साना सवारी साधनहरुले पनि मनपरी भाडा लिने गरेका छन । रामेछाप बजारबाट मन्थली जाने सवारी साधनहरु बिहानको समयमा मात्र जाँदा काम विशेषले मन्थली जानुपर्दा सवारी साधन नपाइने र महत्वपुर्ण काम छु्टने गरेको रामेछाप नगरपालिका ७ कि तुलसा कार्कीले गुनासो गर्नुभयो । रामेछाप बजारबाट जम्मा १४ किलो मिटरको दुरीमा रहेको सदरमुकाम मन्थलीसम्म जाने सवारी साधनहरु पर्याप्त नहुदा स्थानियलाई सदरमुकाम जान समस्या परेको छ । यातायात व्यवसायिहरुको मन लाग्दो भाडादर र प्रशासनको बेवास्ता किन भनेर हामीले रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेलाई सोध्दा उहाँले अब छिट्टै यातायात व्यवसायि र जनप्रतिनिधिहरुलाइ राखेर छलफल गरी भाडादर समायोजन गर्ने बताउनुभयो ।   
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...