header
ताजा खाबर :

प्रजातन्त्र दिवसमा टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

 
 
प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सक्ने टेलिकमले जनाएको छ । जिएसएम तथा सिडिएमएका ग्राहकले उक्त प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क्भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । आजबाट सुरु भएको फ्रिडम प्याक आउँदो फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको प्याक सकिएपछि अर्कोपटक पनि प्याक खरिद गर्न सकिने टेलिकमको विज्ञप्तीमा उल्लेख छ । तर एकपटकमा एउटा प्याक मात्र खरिद गर्न पाइने छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...