header
ताजा खाबर :

६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईंयो ।

 
राजन महतारा क्षेत्री ,हजुरको रेडियो रामेछाप ।।
२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज प्रजातन्त्र दिबस मुल  समारोह समितिको आयोजनामा मन्थलीमा प्रभातफेरी गरिनुका साथै जिल्ला समन्वय समितिको  प्राङ्गगमा प्रबचन कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्ब संबिधान सभा सदस्य तारा नारायण श्रेष्ठ,मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने, नेकपा एमालेका उप सचिब झम्क कडेल, नेपाली काग्रेसका सभापति लबश्री न्यौपाने माओवादी केन्द्रका प्रज्ञान खड्का, संघिय समाजबादी फोरमका अध्यक्ष सोनाम लामा  नेपाल पत्रकार महासंंघका अध्यक्ष  रमेश ढुंगेल लगाएतले बोल्दै  प्रजातन्त्र दिबसको सान्र्दभिकताका वारेमा चर्चा गर्नु भएको थियो । यस्तै रामेछाप नगरपालिकाले  बजार सरसफाई कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । आज ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरुको अगुवाईमा रामेछाप बजार सरसफाई कार्यक्रम गरिएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरको अगुवाइमा भएको बजार सरसफाइ कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का , वडा नम्बर ७ का वडा अध्यक्ष समिर  कार्की ,वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्की , सन्चारकर्मी , इन्जिनियर , रामेछाप बजारबासि , स्थानिय व्यापारीहरुको सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नर बहादुर मगरले नागरीकमा सरसफाइको महत्व र सहभागिता बढाउन समय समयमा जनप्रतिनिधि सरसफाइमा सरीक हुनुपर्ने बताउनु भयो । 
 
 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...