header

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु
१. राष्ट्रिय खोप तालिका
खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ?
जन्मने बित्तिकै बि.सि.जी. क्षयरोग
६ हप्तामा डि.पि.टि.–हेप, बी–हिब,पोलियो पि.सि.भि.( पहिलो मात्रा) भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस–बि, हेमोफिलस ईन्फ्लुइन्जा–बि, पोलियो र निमोनिया
१० हप्तमा डि.पि.टि.–हेप, बी–हिब, पोलियो, पि.सि.भि.(दोस्रो मात्रा) भ्यागुतेरोग,लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस–बि,हेमोफिलस ईन्फ्लुइन्जा –बि, पोलियो र निमोनिया
१४ हप्तामा डि.पि.टि.–हेप, बी–हिब, पोलियो, पि.सि.भि.(तेस्रो मात्रा) आई.पि.भि. भ्यागुतेरोग,लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस–बि,हेमोफिलस ईन्फ्लुइन्जा– बि, र पोलियो  
९ महिनामा पि.सि.भि.(तेस्रो मात्रा), दादुरा– रुबेला (पहिलो मात्रा) निमोनिया, दादुरा र रुबेला
१२ महिना जापानिज इन्सेफालाईटिस जापानिज इन्सेफालाईटिस
१५ महिनामा दादुरा– रुबेला –दोस्रो मात्रा) दादुरा र रुबेला
ड्ड खोपले जिवन रक्षा गर्छ, खोप सुरक्षित हुन्छ ।
ड्ड खोप केन्द्र तथा सरकारी स्वास्थ्य संस्थामा खोप निःशुल्क पाईन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप 
२. इन्फ्लुएन्जा सम्बन्धी सामान्य जानकारी
यो भाइरसको कारणले गर्दा हुने रोग हो । यो रोग मानिस बाट मानिसमा सजिलै सर्न सक्दछ ।
यस रोगका मुख्य लक्षणहरु
ड्ड ज्वरो आउने (१०० फरेनहाइट भन्दा बढी)
ड्ड खोकी लाग्ने
ड्ड घाँटी दुख्ने
यो रोग सर्ने तरिका
यो रोग सामान्य रुघाखोकी जस्तै संक्रमित मानिसले खोक्दा वा हाछिउँ गर्दा अर्को मानिसमा सर्छ । संक्रमित मानिसको हात, रुमाल लुगाफाटा र ओछ्यानको मध्यमबाट पनि यो रोग अरुलाई सर्न सक्छ ।
नोट ः सामान्य रुघाखाकी, ज्वरो आउदैमा इन्फ्लुएन्जा रोगनै हो भनेर डराउनु पर्दैन । या रोगको प्रकोप फैलिएको स्थानमा भ्रमण गरेर आएको  वा संक्रमित व्यक्तिसँग सम्पर्क भएका व्यक्तिहरुमा यस्ता लक्ष्णहरु देखा परेमा यो रोग लागेको शंका गर्न सकिन्छ ।
उपचार
यो रोगको साधारणतया घरमानै वसी उपचार गर्न सकिन्छ । तर कसैलाई जटिलता देखिएमा  वा रोग असाध्य भएमा वा सो हुने सम्भावना बढी भएका जोखिम समुहमा पर्ने व्यक्तिले तुरुन्त स्वास्थ्य संस्थामा गई उपचार तथा सल्लाह लिनुपर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्न नदिनु नै रोग रोकथाम तथा नियन्त्रणको मुख्य उपाय हो ।
रोकथाम तथा सुरक्षाका उपायाहरु
ड्ड खोक्दा र हाच्छ्उिँ गर्दा नाक र मुख सफा रुमालले छोप्ने ।
ड्ड जथाभावी सार्वजनिक ठाँउमा थुक वा सिँगान नफाल्ने ।
ड्ड साबुन पानीले राम्ररी हात धुने र नाक मुख छोप्दा प्रयोग भएको  रुमाल राम्ररी धोएर मात्र पुःन प्रयोग गर्ने ।
ड्ड अरु सँग हात नमिलाउने र अंकमाल नगर्ने ।
ड्ड बिरामी भएमा स्कूल , कार्यालय सामाजिक कार्यक्रममा सहभागी नभै ३ देखि ५ दिन सम्म घरमै बसी आराम गर्ने ।
 
यो रोगका लक्ष्णहरु देखा परेमा के गर्ने ?
यस रोगको प्रकोप फैलिएको स्थानमा भ्रपण गरेर आएको वा इन्फ्लुएन्जा रोगीका सम्पर्कमा आएका व्यक्तिहरुलाई ज्वरो आउने , खोकी लाग्ने , घाँटी दुख्ने जस्ता लक्ष्णहरु देखा परेमा ः
ड्ड तरुन्त नजिकको स्वाथ्य संस्थामा सम्पर्क गर्ने ।
ड्ड स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र औषधि सेवन गर्ने ।
स्वास्थ्यकर्मीको सल्लाह अनुसार घरमै बसी निम्नानुुसार घरेलु उपचार गर्नुहोस ।
ड्ड सकेसम्म एकना स्वास्थ्य मानिसले मात्र बिरामीको हेरचाह गर्ने र सो ब्यक्ति तथा बिरामीले  मास्क वा रुमालले मुख छोप्ने ।
ड्ड गर्भवती महिला  शिशुहरु, बृद्धवृद्धा, एच.आइ.भि. संक्रमित, क्षयरोगी, दम भएका , अनियन्त्रित मधुमेह भएका श्वासप्रश्वास सम्बन्धी रोग वा अन्य दीर्घरोग लागेका मानिसहरुले बिरामीको हेरचाह नगर्ने ।
ड्ड यथासम्भव छुट्टै तथा हावाको राम्रो वहाव भएको कोठामा विरामीलाई राख्नुपर्दछ ।
ड्ड मद्यपान र धुम्रपान नगर्ने ।
ड्ड बिरामीले पोषिलो खाना र झोलिलो खानेकुरा खाने ।
ड्ड बिरामीले आराम गर्ने र सुत्ने ।
ड्ड यदि रोगले बढी चापेमा व श्वासप्रश्वासमा कठिनाई भएमा तुुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।
गर्भवती महिला वृद्धवृद्धा, साना बालबालिका, दमका रेगी, फोक्सो सम्बन्धी रोगी, दीर्घ रोगी, मुटु सम्बन्धी रोगी, मृगौला सम्बन्धी रोगी, एच.आई.भि. संक्रमित व्यक्ति, क्षयरोगी, दम भएका , अनियन्त्रित मधुमेह भएका श्वासप्रश्वास सम्बन्धी रोग वा अन्य दीर्घरोग लागेका व्यक्तिहरुलाई यो रोग लागेमा  बढी जटिलताहरु देखा पर्न सक्छन् र यिनीहरु यस रोगको जोखिम समूहमा पर्दछन ।
त्यसैले उनीहरुले यो रोगबाट बच्न अझ बढी सावधानी अपनाउनुपर्छ । रागका लक्षणहरु देखापरेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
यस रोगको बारेमा थप जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखको टेलिफोन नं ४२५५७९६ बाट प्राप्त हुन्छ र धधध।लजभष्अअ।नयख।लउ मा हेर्न पनि सकिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
३.नवजात शिशुमा देखापर्न सक्ने खतराका चिन्हहरु
ड्ड छिटो छिटो सास फेर्नु(१मिनेटमा ६० वा सो भन्दा बढी पटक)
ड्ड कडा कोखा हान्नु ।
ड्ड सुस्त वा बेहोस हुनु ।
ड्ड ज्वरो आउनु ।
ड्ड शिताङ्ग हुन ु(हात खुट्टा चिसो हुनु)।
ड्ड आमाको दुध राम्ररी चुस्न नसक्नु ।
ड्ड नाइटो फक्नु वा छालामा पिपले भरिएका फोकाहरु आउनु ।
२ महिना भन्दा कम उमेरका शिशुमा माथिका मध्य कुनैपनि एक चिन्ह देखिएमा स्वास्थ्य कार्यकर्ता वा स्वास्थ्य संंस्थामा उपचारका लागि तुरुन्त लैजानुहोस् ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
४.बच्चालाई झाडाफखला लाग्दा पुनर्जलिय झोल सँगै जिंक चक्की पनि खुवाऔ ।
ड्ड २ देखि ६ महिनासम्मका शिशुलाई २० मि.ग्रा. को आधा चक्की जिंक १ चम्चा पानीमा घोलेर दिनको १ पटक १ ० दिन सम्म नबिराई खुवाऔ र
ड्ड ६ महिनादेखी ५ वर्षसम्मका बच्चालाई २० मि.ग्रा. को १ चक्की जिंक दिनको १ पटकं१० दिनसम्म नबिराई खुवाऔ । पुनर्जलिय झोलको प्यकेट र जिंक चक्की स्वास्थ्य संस्थामा निःशुल्क पाईन्छ ।
झमडपखलाको तुरुन्त उपचार गरौं बच्चालाई अकाल मृत्युबाट जोगाऔं ।
 
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
 
 
५.नियमित गर्भवती जाँच तालिका
गर्भ जाँचको पटक गर्भ जाँच गर्ने महिना गर्भ जाँच गर्दा पाइने निःशुल्क सेवा 
पहिलो पटक गर्भ रहेको चौथो महिना गर्भ, रगत र पिसाब जाँच, जुकाको औषधि र आईरन चक्की    
दास्रो पटक गर्भ रहेको छैठौ ंमहिना गर्भ जाँच, टि.टि.खोप र आईरन चक्की    
तेस्रो पटक गर्भ रहेको आठौं महिना गर्भ जाँच, टि.टि.खोप र आईरन चक्की    
चौथो पटक गर्भ रहेको नवौं महिना गर्भ जाँच  प्रसूति तयारी र आईरन चक्की    
 
स्वास्थ्य संस्थामा सफा, सुरक्षित र निःशुल्क प्रसुति सेवा पाइन्छ साथै सरकारी स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले यातायात खर्च वापत हिमाली जिल्लाहरुमा रु.१५००।– ,पहाडी जिल्लाहरुमा रु.१०००।– र तराईका जिल्लाहरुमा रु.५००।– पाउनुहुन्छ ।
गर्भवती अवस्थामा कुन स्वास्थ्य समस्या देखापरेमा नियमित गर्भ जाँच बाहेक  पनि स्वास्थ्य संस्थामा गई जँचाऔं । गर्भ जाँच तालिका अनुसार  गर्भ जाँच गराई  सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएमा गर्भ जाँचको सुविधा वापत सुत्केरी महिलाले रु ४ सय पनि पाउनुहुछ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
६.सुत्केरी आमाले स्वास्थ्यकर्मीसँग तीन पटक आफ्नो र नवजात शिशुको जाँच गराउनुपर्छ ।
ड्ड पहिलो सुत्केरी जाँच ः सुत्केरी भएको २४ घण्टा भित्र ,
ड्ड दोस्रो सुत्केरी जाँच ः सुत्केरी भएको ३ दिनमा र 
ड्ड तेस्रो सुत्केरी जाँच ः सुत्केरी भएको  ७ दिनमा ।
नवजात शिशुलाई कठ्याङग्रिएर मृत्यु हुनबाट बचाउन जन्मिएको २४ घण्टा सम्म नुहाउनु हुदैन ।
बच्चालाई संक्रामक रोगहरु लाग्नबाट बचाउनः
ड्ड बच्चा जन्मेको १ घण्टाभित्रै आमाको बिगौती दूध खुवाऔं ।
ड्ड बच्चालाई ६ महिनाको उमेरसम्म स्तनपानमात्र गराअांै ।
ड्ड बच्चालाई ६ महिनाको उमेर पुरा भएपछि स्तनपानको साथसाथै ताजा, पोषिलो र नरम तथा खाना पनि खुवाऔं ।
७.गर्भपतन सेवा सम्बन्धी जानकारी
असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यानै जान सक्छ । अनिच्छित गर्भ रहेमा कानूनले तोकेअनुसारको अवस्थामा सुरक्षित गर्भपतन गराउन पाईन्छ । नेपाल सरकारबाट सुचिकृत अनुमति वा इजाजत प्राप्त स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले गर्भ बोक्ने महिलाको मञ्जुरीले मुलुकी ऐन अनुसार  सुरक्षित गर्भपतन गराउन पाईने अवस्थाहरु ः
ड्ड बाहृ हप्तासम्मको गर्भ ,
ड्ड जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ र
ड्ड गर्भपतन नगराएमा गर्भ बोक्ने महिलाको ज्यानमा खतरा पर्ने भएमा वा बिकलाङ्ग बच्चा जन्मन सक्ने राय योग्यता प्राप्त चिकित्सकको भएमा जुनसुकै अवधिको गर्भ ।
नोटः रामेछाप जिल्लामा जिल्ला अस्पताल रामेछाप, तामाकोशस सहकारी अस्पताल मंथली, प्राथामिक स्वास्थ्य सेवा केन्द्र मंन्थली, प्राथामिक स्वास्थ्य सेवा केन्द्र खिम्ती मा  मात्र नेपाल सरकारबाट सुचिकृत अनुमति वा इजाजत प्राप्त चिकित्सक र स्वास्थ्य  स्वास्थ्यकर्मी द्धारा गर्भपतन सेवा उपलब्ध छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
८.साबुनपानीले हात धुनुपर्ने अबस्था
ड्ड खाना बनाउनु अघि
ड्ड आफूले खाना खानु अघि र बच्चालाई खाना खुवाउनु अघि
ड्ड दिसा गरेपछि र बच्चाको दिसा सफा गरेपछि र
ड्ड फोहो र वस्तु छोएपछि ।
मुख र दाँत स्वास्थ्य राख्न
ड्ड बिहान बेलुका खाना खाएपछि अनिवार्यरुपमा  फ्लोराइडयुक्त मञ्जन प्रयोग गरी ब्रसले दाँत  माझ्ने गरौं ।
ड्ड मुख र दाँत सम्बन्धी कुनै स्वास्थ्य समस्या देखा परेमा स्वास्थ्य संस्थामा जँचाउन जाऔं ।
वातावरणिय सरसफाई र जुकाबाट बच्ने उपाया
ड्ड सफा सुरक्षित पानी पिउने गरौं , काचै ख्राइने फलफूल, तरकारीहरु सफा पानीले राम्ररी पखालेर खाऔं । हरेक ६ महिनामा जुकाको औषधि एकमात्रा खाई पेटमा जुका पर्नबाट बचौं र बचाऔं ।
ड्ड घर आँगन सफा राखी झिंगा भन्कन नदिऔं, साबुन पानीले दिनहु हात मुख धोई ट्रकोमा(खस्रे) रोगबाट हुने अन्धपनबाट बचौं र बचाऔं ।
पानीको मुहान, घरवरीपरी सफासुग्र राखौं, सधैं चर्पीको प्रयोग गरौं । चर्पीको प्रयोग गरेपछि साबुनपानीले मिचीमिची हात धोऔं ।झाडापखला र इन्फ्लुएन्जा जस्ता सरुवा रोग लाग्नबाट बचौं
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
९.क्यान्सर, मुटुरोग, मधुमेह –चिनीरोग), जीर्ण श्वासप्रश्वास जस्ता नसर्ने रोगहरु लाग्नबाट बच्ने उपायहरु 
ड्ड चुरोट,बिँडी, खैनी, गुट्का, सूर्ति आदी कहिल्यै सेवन नगरौं र त्यागौं ।
ड्ड रक्सी बियर, वाइन, जाँड जस्ता मदिराको हानिकारक सेवन नगरौं ।
ड्ड दैनिक कम्तिमा आधा घण्टा पसिना आउने गरी हिँडने, ब्यायाम गर्ने, खेलकुद र काम गर्ने गरौं ।
ड्ड शरिरको तौल बढी भए घटाऔं र स्वास्थ् तौल कायम राखी मोटोपना हुन नदिऔं  ।
ड्ड अन्न, दाल, गेडागुडी, दूध, दही, माछा बोसो नभएको मासु, अण्डा, हरिायो सागसब्जी र फलफूल सन्तुलित रुपमा खाने गरौं ।
ड्ड दैनिक ५ ं ग्राम भन्दा कम नुन खाने गरौं, चिल्लो र बोसोयुक्त खानेकुरा कम खाऔ ।
ड्ड मानसिक तनाव र रिसमुक्त गरौं ।
ड्ड नियमित रुपमा स्वास्थ्य परिक्षण गर्ने गरौं ।
वयष्क व्यक्तिहरुले हरेक वर्ष कम्तिमा १ पटक रक्तचापको जाँच गराउनुहोस् । उच्च रक्तचाप भएमा नियन्त्रण गनुहोस्, हृदयघात र मस्तिष्कघातको जोखिम घटाई अकाल मृत्यु हुनबाट बच्नुहोस् । उच्च रक्तचाप भएका व्यक्तिहरुले स्वाथ्यकर्मीको सल्लाह अनुसार दैनिक रुपमा नछुटाई औषधि खाऔं ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
१०.कुष्ठरोग सम्बन्धी जानकारी
ड्ड छालामा नचिलाउने, छुँदा थाहा नहुने, फुस्रो वा रातो दाग र अनुहारको छाला, कानको लोती बाक्लो भएमा कुष्ठरोगको लक्षण तथा चिन्ह हुनसक्छ । यस्तो लक्षण तथा चिन्ह देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाचाऔं ।
ड्ड समयमै र नियमित उपचार गरे कुष्ठरोग पूर्ण रुपमा निको हुन्छ, अंगभंग हुँदैन र रोग अरुलाई सर्दैन ।
ड्ड कुष्ठरोगको उपचार सेवा स्वास्थ्य संस्थाहरुमा निःशुल्क प्रदान गरिन्छ ।
ड्ड कुष्ठरोगको नियमित उपचार पुरा गर्ने र प्रेषण केन्द्र तथा अस्पतालमा भर्ना भई उपचार लिएका विरामी÷प्रभावितलाई यातायात खर्चवापत रु.१,१ हजार प्रदान गरिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
११.क्षयरोगका लक्ष्णहरु
ड्ड २ हप्ता भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु ।
ड्ड साँझपख ज्वारो आउनु ।
ड्ड वजन(तौल) घट्नु ।
ड्ड खाना खान मन नलाग्नु ।
ड्ड खकारंमा रगत देखापर्नु ।
यस्ता लक्षणहरु देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा गई स्वास्थ्य तथा खकार जाँच गराऔं ।
क्षयरोगको जाँच तथा औषधि सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क गरिन्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नछुटाई पूरा समयसम्म औषधी खाई उपचार गरेमा क्षयारोग –टि.बीं) निको हुन्छ ।
 
जिल्ला स्वास्थ्य कार्यालय रामेछाप
१२.एच.आइ.भि. र यौनरोगबाट कसरी बच्न सकिन्छ ?
ड्ड हरेक पटक यौन सम्पर्क गर्दा कण्डमको सही ढंगले प्रयोग गर्ने ।
ड्ड निर्मलीकरण गरेको सुई र सिरिन्ज मात्र प्रयोग गरौं ।
ड्ड गर्भवती महिलाले एच.आइ.भि. परिक्षण गर्ने र एच.आइ.भि. संक्रमण देखिएमा स्वास्थ्यकर्मी सँग सल्लाह

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...