header
ताजा खाबर :

रानीवन कृषि सहकारी सस्था लि.को पाँचौ साधारण सभा सम्पन्न ।।

 
२०७४ पुस २७ गते रामेछाप ।।
ओखलढुङगाको चम्पादेवी गाउँपालिकाको वडा नं १० रानीवनमा रहेको रानीवन कृषि सहकारी सस्था लिमिटेडको पाँचौ साधारण सभा विहिबार सम्पन्न भएको छ । १५५ जना सियर सदस्य रहेको संस्थाले मासिक बचत , नियमित बचत र आबद्यिक बचत संकलन गर्दै आएको छ । रानीवन कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष भवानी शंकर ढुङगेलको सभापतित्व तथा नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघका महासचिव एवम् रोयल बहुउदेशीय सहकारी सस्थाका प्रवन्धक सिताराम काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैकर्ष एसोसिएसनका अध्यक्ष एवम् मुक्तिनाथ विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको विशिष्ट अतिथ्यता रहेको थियो । संस्थाको आयव्यय विवरण संस्थाका अध्यक्ष भवानी शंकर ढुंगलले प्रस्तुत गर्नुभएको थियो । पस्तुत आयव्यय  विवरण अनुसार सस्थाले ३ लाख मुनाफा लिएको र आगामी वर्ष १० लाख मुनाफा कमाउने सस्थाकोे योजना रहेको र आगामि २ वर्ष भित्रमा ५ हजार खसि बोका संस्थाले उत्पादन गर्ने , स्थानिय स्तरमा भएका अरु सहकारी संस्थाहरुसँग एकिकरण गरेर अगाडि बढ्ने योजना रहेको सस्थाका अध्यक्ष भवानीशंकर ढुङगेलले जानकारी दिनुभएको छ । यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघका महासचिव ,रोयल बहुउदेशीय सहकारी सस्थाका प्रवन्धक सिताराम काफ्लेले सहकारी संस्थाको महत्व र सहकारी संस्थाले ग्रामिण जनजिवनमा ल्याएको परवर्तको बारेमा औल्याउनु भएको थियो । यस्तै कार्यक्रमका विशिष्ट अतिथी विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैकर्ष एसोसिएसनका अध्यक्ष एवम् मुक्तिनाथ विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले अब मुत्तिनाथ विकास बैकले देशभरको ग्रमिण क्षेत्रका ३० लाख सदस्य बनाउने र ३ हजार भन्दा बढि सहकारी संस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी गर्नुभएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...