header
ताजा खाबर :

श्रि समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लि.को दशौँ बार्षिक साधरण सभा सम्पन्न ।।

 
२०७४ पुस २७ रामेछाप ।।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा वडा नम्बर ८ मानेँडाडामा  रहेको श्रि समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौँ बार्षिक साधरण सभा  बिहिबार सम्पन्न भएको छ । महिला बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीको प्रमुख आतिथ्यता र श्रि समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष मिरा घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । महिला तथा बालबालिका कार्यालय रामेछापको सहयोग र सहकार्यमा सन्चालित सहकारी संस्थाले विधिवत रुपमा २०६२ सालमा स्थापना भएको र यस संस्थाले रामेछाप जिल्लामा महिला सहकारीहरुको तुलनामा अगाडि बढेको जानकारी पनि गराएको छ । संस्थाकी सचिव निरमाया शाहिले तयार पार्नुभएको  आर्थिक बर्ष २०७४ , ७५ को बार्षिक साँगठनिक प्रतिवेदन संस्थाकी सदस्य कल्पना देवकोटाले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत साँगठनिक प्रतिवेदनमा संस्थाले २०७३ श्रावण देखि २०७४ अषाढसम्म संस्थाले गरेको कामको संक्षिप्त विवरणहरु , भावि कार्यक्रममहरु र प्रस्ताव तथा छलफलका विषयहरुको बारेमा उल्लेख गरिएको थियो । यस्तै  संस्थाको आर्थिक वर्ष २०७४ , ७५ को आर्थिक प्रगति प्रतिवेदन संस्थाकी कोषाध्याक्ष वेली तामाङले प्रस्तुत गर्नुभएको छ । जस अनुसार संस्थाले बचत संकलन १५  लाख गरेको छ । संथाकाको अनुमानित खुद नाफा ४ लाख ६३ हजार रहेको छ ।  संस्थाको कुल अनुमानित खर्च १७ लाख ६८ हजार रहेको पनि संस्थाकी कोषाध्यक्ष बेली तामाङले जानकारी गराउनु भएको छ ।  कार्यक्रमका प्रम्ुख अतिथी एवम महिला तथा बालबालिका कार्यालयकी प्रमुख सत्यदेवी अधिकारीले सहकारीको महत्व र संस्थाले गरेको कामको प्रशंसा  गर्नुभएको छ । संस्थाकी अध्यक्ष मिरा घिमिरेले संस्थाकाको हित र भलाइमा सहयोग पुराउने सियर सदस्यहरु , साधरण सदस्यहरु लगायत संस्थालाई सहयोग पुराउने सबैलाई धन्वाद व्यक्त गनुभएको छ  । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...