header
ताजा खाबर :

निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

 
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप तल्लो बजारमा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।खुशी,सुखी र समृद्धिको पहिचान,हाम्रो आफ्नै सहकारी निशान भन्ने भावाना अनुरुप २०६९ साल पुस २२ गते स्थापना भएको निशान सहकारीले आज आफ्नो स्थापना कालको पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।कार्यक्रमको उद्घाटन निशान बचत तथा ऋणसहकारी सस्थाका अध्यक्ष घना श्रेष्ठले मैन बती बालेर उद्घाटन गर्नुभएको थियो साथै कार्यक्रममा निशान बचत तथा ऋणसहकारी सस्थाका सचिव सुजन घिमिरेले गत वर्षको प्रगति विवरण र आगामी वर्षको योजना विवरण प्रस्तुत गर्नुभएको थियो ।हाल ३९९ जना शेयर सदस्य रहेको सस्थामा बालबचत,दैनिक बचत,मासिक बचत आवधिक बचत १ वर्षे २ वर्षे र ३ वर्षे रहेको जानकारी दिदै यसैबर्षदेखि सदस्यहरुको हितका लागि रु एकलाख बराबरको दुर्घटना बिमाको शुरुवात समेत गरेको जानकारी दिइएको छ ।यसैगरी सस्थाका कोषध्यक्ष अमितकुमार तामाङले सस्थाको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो विवरण अनुसार आ व २०७३,०७४ मा सस्थाले ३७ हजार ३ सय ३ रुपैया मुनाफा कमाएकोमा अब आ व ७४,७५ मा तीन लाख ६५ हजार मुनाफा कमाउने लक्ष्य लिएको छ । कार्यक्रममा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति,ऋण उपसमिति ,शिक्षा उपसमितिका पदाधिकारीहरु,अन्य सहकारी सस्थाका प्रतिनिधि लगायतसम्पुर्ण शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।साथै २५ हजार शेयर किन्ने शेयर सदस्यहरुलाई सम्मान पनि गरिएको छ ।कार्यक्रमको सभाध्यक्ष एवम् निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष घना श्रेष्ठले सस्थाको विकासका लागि स्थापनाकालदेखि अहिलेसम्म सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभएको छ ।सस्थाको सदस्यहरुको हितलाई बुझेर पारदर्शि ढङगले सस्था अगाडि बढिरहेको र आगामी दिनमा पनि निरन्तर दिने उहाँले बताउनुभयो ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...