header
ताजा खाबर :

रामेछाप र सिन्धुलीका सांसदहरु एकै ठाउँमा दुवै जिल्लाको विकासको लागि मिलेर अघि बढ्ने सांसदहरुको प्रतिवद्धता ।।

 
रामेछाप जिल्लाको रामेछाप नगरपालिका भंगेरीमा  शनिबार  रामेछाप र सिन्धुलीका प्रदेश तथा प्रतिनिधिसभाका विजयी सांसदहरुलाई नारायणबाबु स्मृति प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी  बधाई तथा शुभकामना व्यक्त गरेको छ । नारायणबाबु स्मृति प्रतिष्ठान रामेछापका अध्यक्ष नरेशबाबु श्रेष्ठको सभापतित्व र पुर्व कृषिमन्त्री एवम् सिन्धुली क्षेत्र नं २ का प्रतिनिधिसभाका सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा बधाई तथा शुभकामना कार्यक्रम भएको हो ।कार्यक्रममा रामेछाप  र सिन्धुलि जिल्लाका सांसदहरुले रामेछापको विकासको लागि मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन । कार्यक्रममा रामेछाप जिल्लामा प्रतिनिधि सभाबाट निर्वाचित सांसद श्याम कुमार श्रेष्ठ,रामेछाप  क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कैलाश ढुंगेल , सिन्धुली जिल्ला क्षेत्र नम्बर १का   प्रतिनिधि सभाका सांसद गणेश पहाडी ,  सिन्धुली जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद एवम पुर्व कृषि मन्त्रि हरिबोल गजुरेल । सिन्धुली जिल्ला क्षेत्र नम्बर १ का प्रदेश सभाका सांसद लेखनाथ दाहाल , , सिन्धुली क्षेत्र नम्बर १ ख का सांसद प्रदिप कुमार कटुवाल क्षेत्री । , सिन्धुली क्षेत्र नम्बर २ क का संसद विनोद कुमार खडका र , सिन्धुली जिल्ला क्षेत्र नम्बर २ ख का सांसद बुद्धिमान तामाङ उपस्थित हुनुहुन्थ्यो ।    कार्यक्रममा  राष्ट्रिय कलाकारहरु बद्री पङगेनी ,शंकर वि सि,विनोद बाजुराली,एकनारयण भण्डारी र ए वि सि टेलिभिजन मार्फत प्रसारण हुने चर्चित कार्यक्रम इन्द्रेनी समुहको बेजोड प्रस्तुति रहेको थियो  । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...