header
ताजा खाबर :

रामेछापमा बाम गठबन्धनको विशाल चुनावी सभा सम्पन्न संसदलाइ जुनारको माला ।।

 
२०७४ पुस ११ ।।
प्रतिनिधिसभा र प्रदेशसभा गरी तीन वटै निर्वाचन क्षेत्रमा विजयी भएपछि रामेछापमा बाम गठबन्धनले आज रामेछाप नगरपालिकामा विशाल विजयी जलुस र सभा  सम्पन्न गरेको छ । रामेछाप बजारमा आज भएको  सभालाई प्रतिनिधिसभा सदस्यमा निर्वा्चित माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ, प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वा्चित एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वा्चित नेकपा एमालेका नेता कैलाश ढुंगेलले सम्बोधन गर्नुभएको थियो ।  कार्यक्रममा बोल्दै सांसद श्यामकुमार श्रेष्ठले रामेछाप नगरपालिका भित्र खानेपानीको , मुख्य समस्या भएकाले यसको समाधान गर्न लागि पर्ने बताउनुभयो छ ।  विजयी तिनैजना सांसदले रामेछापको चौतर्फी विकासका लागि एकजुट भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विजयी सांसदहरुलाई स्थानियले  जुनारको माला लगाई स्वागत गरेका थिए । विजयी सभा रामेछाप बजार परिक्रमा गरेको थियो ।  विजयी भएपछि मतदातालाई धन्यवाद दिदै विभिन्न स्थानमा गर्देै आएको विजयी सभा आजै  सुनारपानीमा भएको कार्यक्रम पछि सकिएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...