header
ताजा खाबर :

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

 
सर्लाही, पुस ११ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा सोमबार बेलुका ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ । सर्लाहीको हरिवनबाट उखु लोड गरेर महोत्तरीको एभरेष्ट चिनी उद्योग रामनगरका लागि छुटेको ना ३ ख ९४९० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।
 ज्यान गुमाउने महिलाको पहिचान भएको छैन । दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले पक्राउ गरी लिएर अनुसन्धान गरिरहेको छ । महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...