header
ताजा खाबर :

पूर्ववडा अध्यक्षको हत्याको आरोपमा नौं जना पक्राउ

 
रामेछाप, पुस ११– दोरम्बा गाउँपालिका वडा नम्बर–२, का पूर्ववडाअध्यक्ष ४८ वर्षीय बाबुराम तामाङको आइतबार राति हत्या भएको थियो । तामाङको दोरम्बा गाउँपालिका वडा नम्बर–१, को थापागाउँमा हत्या गरी ढुङ्गाले किचेर राखिएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्न पुगेको प्रहरीको टोलीले हत्याको आरोपमा संलग्न भएको आशंकामा ८ पुरुष र १ महिला गरी ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापमा राखिएको छ । मृतक बाबुरामको शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम मन्थली ल्याइएको छ । उहाँ २०५४ सालमा डडुवा गाविस वडा नम्बर–२, बाट वडा अध्यक्ष पदमा विजयी हुनुभएको थियो । उहाँका दुई छोरी, एक छोरा र एक श्रीमती हुनुहुन्छ । 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...