header
ताजा खाबर :

घर बनाउन रामेछापमा कामदारको अभाव कामदार पाउनै मुस्किल ।।

 
२०७४ पुस ८ ,हजुरको रेडियो रामेछाप ।।
भुकम्पबाट भत्किएको घर निर्माणको लागि रामेछापका भुकम्प पीडितहरु चिन्तित भएका छन् । घर निर्माणको लागि पहिलो किस्ता पचास हजार रुपैयाँ लिइसकेका  भुकम्प पीडितहरुले घर निर्माण गर्नको लागि भने कामदार पाउन नसक्दा हैरान भएका छन् । घर निर्माणको हतारोमा भएपनि भुकम्प पीडितहरुले दक्ष कामदार पाउन नै पालो कुर्नुपर्ने अवस्थाको कारण पुननिर्माणको काममा अपेक्षाकृत रुपमा गति लिन नसकेको हो ।  । रामेछाप जिल्लामा विनाशकारी भुकम्पपछि ४२ हजार भुकम्प पीडितले पहिलो किस्ता पचास हजार रुपैयाँ बुझिसकेको छन् । साढे दुई बर्षको अवधिमा ४२ हजार भुकम्प पीडित मध्ये हालेसम्म रामेछापमा ६५ सय वटा मात्र पुननिर्माण भएको छ । घर निर्माणमा प्राविधिकहरुको अभाव, प्राविधिकहरुको आन्दोलन, कानुनी जटिलता, दक्ष कामदारको अभाव,पानीको अभावको कारणले भुकम्पपछिको पुननिर्माणको कामले गति लिन नसकेको हो । रामेछापमा घर निर्माणको लागि १२ सय ५ जनाले दोस्रो किस्ता र २३ हजारले तेस्रो किस्ता लिएका छन् ।  गाउँघरमा अघिकाशं युवाहरु वैदेशिक रोजगारीमा रहेको र भएका युवाहरु पनि रोजगारीको लागि शहर केन्द्रीत हुँदा पुननिर्माणको लागि जनशक्तिको अभाव भएको हो । हाल रामेछापमा ४ हजार भन्दा बढीले घर निर्माणको लागि तालिम लिएका छन् । तर तालिम प्राप्त कामदारको घर निर्माणमा तानातान हुने गरेको छ ।  घर निर्माणमा अनिवार्य रुपमा रड, सिमेन्ट, बालुवाको प्रयोग गर्नुपर्ने एक तलासम्मको घर निर्माण गर्दा पाँच वटा टाइबिम कस्नु पर्ने भएकाले पनि घर निर्माण बढी कामदारको प्रयोग हुँदै आएको छ ।। घर निर्माणमा ठूलो जनशक्ति आवश्यक भएपनि जिल्लामा सीमित जनशक्ति मात्र हुँदा घर निर्माण गर्ने इच्छा भएर पनि भुकम्प पीडितहरु घर निर्माण गर्ने कामदारको प्रतिक्षामा रहेका छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...