header
ताजा खाबर :

राममेछाप बजारमा कुकुरको आतंक, बजारी बासि र सर्वसाधरण प्रभावित ।।

 
२०७४ पुस ८ ,हजुरको रेडियो रामेछाप ।।
लामो समयदेखि रामेछापको पुरानो सदरमुकाम रामेछाप  बजारमा भुसिया  कुकुर  छाडापनका कारण बजारबासि र सडकमा आवतवावत गर्ने नागरीकहरु  दिनहुँ हैरानी खेप्न बाध्य भएका छन् । रामेछाप नगरपालिकाको वडा नम्बर ८ मा रहेको  मुख्य बजारमा भुसिया कुकुर  छाडापनका कारण बजारबासि र स्थानिय पैदल यात्रिे दैनिक दुःख पाउन बाध्य भएका हुन । रामेछाप  नगरपालिकाले कुकुर  नियन्त्रणमा ध्यान नदिएका कारण नगरभित्रको मुख्य बजारमा आवत वजावतमा समेत समस्या भएको रामेछाप नगरपालिकाका स्थानिय तुलसा कार्किले बताउनुभयो ।  रामछाप नगरपालिकाको  मुख्य बजार रामेछाप बजारको बढि चहलपहल  हुने बजार क्षेत्र भित्र छाडा रहेका भुसिया कुकुरहरुले दिनहुँ जसो मानिसलाई टोक्न थालेको छ । मोटरसाइकल र साइकलमा सवारी मानिसलाई पनि कुकुरले लखेट्ने गरेको छ ,  कुकुरबाट जोगिनको लागि मोटरसाइकल तिव्र गतिमा चलाउदा दुर्घटना हुने गरेको  रामेछाप  नगरपालिकाका स्थानिय रमेश तामाङले बताउनुभयो । भुसिया  कुकुर  छाडापनका कारण बिहान झिसमिसे , साँझ र रातिमा यात्रा गर्ने सर्वसाधरण बढि मारमा पर्ने गरेको छन । रामेछाप बजारमा भुसिया कुकुरले यस महिनामा मात्रै ७ जनालाई टोकेको र भुसिया कुकुर नियन्त्रणका लागि स्थानिय तहबाट पनि काम भइरहेको रामेछाप नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष केदार कार्कीले जानकारी दिनुभएको छ ।  रामेछाप बजारमा आवत जावत गर्ने सर्वसाधरण र स्थानियले भुसिया कुकुर नियन्त्रणका लागि   पहल गर्न अनुरोध गरेका छन । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...