header
ताजा खाबर :

रामेछापमा ढाकाटोपी दिवस मनाईने

 
पाँचौ नेपाली ढाकाटोपी दिवस रामेछापमा पनि मनाईने भएको छ । नेपाली राष्ट्रिय पोशाकको संरक्षणका लागि जागरुक युवा अभियान नेपालले सुरु गरेको ढाकाटोपी संरक्षण अभियानलाई रामेछापका युवाहरुले पनि दिवस मनाएर संरक्षणको अभियान थाल्दै आएका हुन । नेपालमा राष्ट्रिय पोशाकको रुपमा रहेको दौरा सुरुवाल र ढाकाटोपी लोप हुँदै गएको भन्दै राष्ट्रिय पोशाकको संरक्षण नभएसम्म राष्ट्रियता बलियो नहुने भन्दै स्वस्र्फुत रुपमा युवाहरुले प्रत्येक वर्ष नेपाली ढोपी दिवस मनाउँदै आएका छन् । २०७१ सालबाट प्रत्येक अंगेजी नयाँ वर्षको दिन नेपालमा ढाकाटोपी दिवस मनाईँदै आईएको छ । केही वर्ष अघिदेखि नेपाली पोशाक दौरा सुरुवाल चलन चल्तीमा आउन छोडेपछि राष्ट्रप्रेमी युवाहरुले पोशाक संरक्षणको अभियानलाई दिवसकै रुपमा मनाउन थालेका हुन । रामेछापमा गतवर्षबाट मनाउन थालिएको ढाकाटोपी दिवस यसवर्ष नेपाली टोपी संरक्षण अभियानलाई विशेष रुपमा मनाईने तयारी भईरहेको र विभिन्न व्यक्ति तथा संस्था मार्फत सहयोग आउने क्रम पनि जारी रहेको ढाकाटोपी अभियान्ता कुमार यात्रीले बताए । युवाहरुमा राष्ट्रप्रतिको प्रेम र नेपाली पोशाकको मोह बढाउन दिवस मनाउन थालिएको र आफूहरुको अभियान सफल हुने अभियान्ताहरु बताउँछन । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...