header
ताजा खाबर :

राष्ट्रिय एड्स तथा यौनरोग दिवस आज मनाइदै ।।

 
राष्ट्रिय एड्स तथा यौनरोग दिवस आज मनाइदैछ । यौनरोग सरकारी र गैरसरकारी ससथाहरुले आज विभिन्न कार्यक्रम गरि यो दिवस मनाउँदैछन् । यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित मनाइँदै छ । aनेपालमा २० हजार २३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८५ ले कमी आएको छ । ७० प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको पाइएको छ । एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको छ । रामेछापमा पनि जिल्ला अस्पताल रामेछापले विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवश मनाएको  जानकारी दिएको छ । आज बिहान जिल्ला अस्पताल रामेछापबाट कारागारसम्म  ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित रयालि सन्चालन गरिएको थियो ।।  
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...