header
ताजा खाबर :

रामेछापमा वाम गठबन्धनद्धारा प्रशासन माथि नै अविश्वास

 
निरोजकुमार थपा, मंसिर १५÷रामेछाप
रामेछापमा मंसिर १० गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पश्चात ६०÷४० को भाग बन्डामा उम्मेद्वारी दिएर चुनावमा भाग लिएका नेकपा एमाले र माओवादी केन्द्रले प्रशासन माथि नै अविश्वास गरेर मतपेटिका रुङ्न स्वयंसेवक खटाएका छन् । रामेछापको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा राखिएको मतपत्र रुङ्न वाम गठबन्धनले २४ घण्टा नै आफ्ना स्वयंसेवक खटाएको हो । जिल्लामा निर्वाचन सकिए लगत्तै मतपत्र सदरमुकाम ल्याईएपछि गठबन्धनले आलोपालो प्रणालीमा आफ्ना स्वयंसेवक परिचालन गरेको हो । मतपत्रको सुरक्षाका लागि जिल्ला निर्वाचन कार्यालयले नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बनाएपनि गठबन्धनले भने आफ्ना स्वयंसेवक पनि खटाएको छ । दिउँसो र बेलुका गरी १२÷१२ घण्टा मतपत्र कुर्न स्वयंसेवक खटाएको गठबन्धनले जनाएको छ । आफूहरुको जित सुनिश्चित रहेको भन्दै वाम गठबन्धनले प्रशासन सरकारद्धारा निर्देशित हुने भएकाले संभावित घटना हुन नदिन स्वयंसेवक परिचालन गरिएको बताएको छ । मतपेटिका राखिएको कोठा प्रवेश गर्ने स्थानमा निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले छुट्टा छुट्टै साँचो समेत लगाएका छन् । यस्तो कडा सुरक्षा घेरामा मतपत्र राखिएको भएपनि गठबन्धनले भने प्रवेश पास लिएरै आफ्ना स्वयंसेवक खटाएका छन् । रामेछापमा मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ४५ हजार ३ सय ४३ पुरुष र ४३ हजार ७ सय १२ महिला गरी ८९ हजार ५५ मत खसेको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...