header
ताजा खाबर :

सिन्धुलीमा सुरक्षा व्यवस्थामा कडाइ, राजमार्गमा कडा चेकजाँच

 
 मंसिर १४ । दोस्रो चरणको निर्वाचनको मिति नजिकिंदै गर्दा विभिन्न ठाउँमा विस्फोटका घटना बढ्दै गएपछि सिन्धुली प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरेको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति सिन्धुलीले उम्मेदवार तथा मतदाताका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाउन थालेको हो । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सिन्धुलीका राजनीतिक दलले प्रचारप्रसारलाई तिव्रता दिएसँगै जिल्ला प्रशासन कार्यालयले पनि सुरक्षा व्यवस्थामा कडाई गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निर्वाचनलाई लक्षित गर्दै वीपी राजमार्ग, मध्यपहाडी राजमार्गमा सुरक्षा चेकजाँच तिब्र पारिएको र अन्य स्थानमा पनि सुरक्षा गस्ती र पेट्रोलिङलाई निरन्तरता दिइएको बताए । सुरक्षा व्यवस्था चुस्त बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता बढाएका छन् । ९ वटा जिल्लासँग सिमाना जाडिएको सिन्धुलीमा कुनै पनि आपराधिक घटना नहोस् भन्दै सुरक्षा संयन्त्रलाई हाइअलर्टमा राखिएको छ । सिन्धुलीमाडी लगायत भिमान, खुर्कोट, दुम्जा, दुधौलीलगायतका व्यापारिक र बजार क्षेत्रमा सुरक्षा सक्रियता वढाई सुक्ष्म निगरानी बढाइएको स्थानीय प्रशासनले जनाएको छ । सबै मतदान स्थलमा समेत सुरक्षा व्यवस्था मिलाइएको छ । १ लाख ८१ हजार ५ सय २६ मतदाता रहेको सिन्धुलीका कुल १ सय ३७ मतदानस्थल र २ सय ४० मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत पूर्णेश्वरप्रसाद उपाध्यायले जानकारी दिए । आसन्त निर्वाचनका लागि सिन्धुलीमा १ हजार ६ सय ७४ कर्मचारी र करिव ३ हजार सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...