header
ताजा खाबर :

१६ दिन अभियान लिखु गाउपालिकामा पनि बिबिध कार्यक्रमका साथ मनाइने

 
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान रामेछापको लिखु गाउँपालिका मा पनि बिबिध कार्यक्रमका साथ मनाइने  भएको छ । लिखु गाउँपालिकाकी उपाध्यक्ष एबं न्ययिक समितिकी संयोजक दिप शिखा दाहालको अध्याक्षतमा हिजो लिखु गाउँपालिकाको कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार गाउपालिकाका सबै वडामा सन्देश मुलक फ्लेक्स बोर्ड राख्ने ,यहि मंसिर १५ गते शुक्रवार का दिन दिउसो बिभिन्न नाराहरु लेखिएको प्लेकार्ड सहित झट्टेश्वर माबि धोबीको परिसर बाट निस्केको ¥यालीले   धोबि बजार परिक्रमा गर्ने । बजार परिक्रमा पश्चात पुःन बिद्यालय परिसरमा पुगि औपचारिक कार्यक्रम गर्ने औपचारिक कार्यक्रमका अवसरमा लैङ्गिक हिंसा का बारेमा प्रबचन, महिलाहरु बिच मैतृपूर्ण म्यूजिकल चियर्स प्रतियोगिता गर्ने र यस अघि न्यायमा पहुँच परियोजना मार्फ आत्मरक्षा तालिम लिएका किशोरीहरु द्धारा उनीहरुले सिकेका खेलहरुको प्रदर्शन गर्ने र नागदह र बिजुलीकोटका थप १० १० जना किशोरीहकालागि आत्मरक्षा तालिमको उदघाटन गर्ने  र सैपु मा समेत कार्यक्रम रहेको छ । त्यसैगरी वडा नं २ सैपुमा पनि सोहि अबसर पारेर अन्तरर्कृयात्मक कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ । महिला तथा वालवालिकाको कार्यालय र लिखु गाउपालिकाको कार्यालय द्धारा आयोजना गरिने उक्त कार्यक्रमका लागि सहयोग भने न्यायमा पहुँच परियोजना र सबल रामेछापले गर्ने जनाइएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...